चीन–भुटान सीमा बैठक सम्पन्न

Published on

काठमाडौं । चीन र भुटानबीच सीमासम्बन्धी बैठक सम्पन्न भएको छ । गत बुधबार र बिहीबार भुटानको राजधानी थिम्पुमा चीन–भुटान सीमासम्बन्धी १२ औँ विज्ञ समूह बैठक (इजीएम) भएको हो ।

बैठकमा चीनको कुन्मिङमा भएको ११औँ बैठकमा भएको सकारात्मक सहमतिको समीक्षा गर्दै दुई देशबीचको सीमा वार्तालाई तीव्रता दिने तीन चरणको मार्गचित्रलाई कार्यान्वयनमा लैजान भएका प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका थिए । मैत्रीपूर्ण वातावरणमा भएको बैठकमा चीन–भुटान सीमासम्बन्धी सबै विषयमा गहन छलफल भएको थियो ।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा महासागर मामिलासम्बन्धी विभागका महानिर्देशक होङ लियाङले गरेका थिए । भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भुटानको अन्तर्राष्ट्रिय सीमा सचिव लेथो तोब्धेन ताङ्बीले गरेका थिए । समूहको अर्को बैठक आपसी सहमतिमा दुवै पक्षलाई सहज हुने मितिमा बेइजिङमा आयोजना गर्न चीन र भुटान सहमत भएका छन् । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...