जिम्बावेमा अगस्ट २३ मा आम निर्वाचन हुँदै

Published on

काठमाडौं । अफ्रिकाको दक्षिण पूर्वको मध्यमा रहेको भूपरिवेष्ठित राष्ट्र जिम्बाबेमा अगस्ट २३ अर्थात् भोलि ९बुधबार० आम निर्वाचन हुँदैछ । यो निर्वाचनले राष्ट्रपतिको चयन गर्नेछ ।

सन् १९८० मा स्वतन्त्र भएको जिम्बाबेमा ‘जिम्बाबे अफ्रिकी राष्ट्रिय सङ्घ राष्ट्रवादी’ पार्टीले निरन्तर शासन गर्दै आएको छ । यो आम निर्वाचनपछि पनि जिम्बाबे अफ्रिकी राष्ट्रिय सङ्घ राष्ट्रवादी शासनमा निरन्तर हुन चाहन्छ ।

राष्ट्रपति पदका लागि ११ जना उम्मेदवार प्रतिस्पर्धा गर्नेछन् । यो आम निर्वाचनमा मुख्य प्रतिस्पर्धा जिम्बाबे अफ्रिकी राष्ट्रिय सङ्घ राष्ट्रवादीका नेता तथा वर्तमान राष्ट्रपति इमर्सन मनङ्गाग्वा र परिवर्तनका लागि नागरिक गठबन्धनको नेतृत्व गरिरहेका नेल्सन चामिसाबीच हुने बताइएको छ । मनङ्गाग्वाले शनिबार आफ्नो गृह प्रान्त मिडल्याण्ड्समा आफ्नो चुनावी अभियानको समापन गर्नुभयो भने चामिसाले सोमबार जिम्बाबेको राजधानी हरारेमा आफ्नो चुनावी अभियान समापन गर्नुभयो । जिम्बावे निर्वाचन आयोगको तथ्याङ्क अनुसार, ६० लाखभन्दा बढी मानिसले मतदान गर्नेछन् । जिम्बाबेमा हरेक पाँचरपाँच वर्षमा आवधिक निर्वाचन हुन्छ । पछिल्लो चुनाव २०१८ मा भएको थियो । जिम्बाबेमा राष्ट्रपतिको चुनावमा भाग लिनका लागि उमेर कम्तीमा ४० वर्ष हुनुपर्ने व्यवस्था छ ।

जिम्बावेको संविधानले संसद्का ३५० सदस्यको निर्वाचनको व्यवस्था गरेको छ । संसदमा राष्ट्रिय सभा र सिनेटमा क्रमशः २७० र ८० सांसद हुन्छन् ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...