जिम्बावेमा अगस्ट २३ मा आम निर्वाचन हुँदै

Published on

काठमाडौं । अफ्रिकाको दक्षिण पूर्वको मध्यमा रहेको भूपरिवेष्ठित राष्ट्र जिम्बाबेमा अगस्ट २३ अर्थात् भोलि ९बुधबार० आम निर्वाचन हुँदैछ । यो निर्वाचनले राष्ट्रपतिको चयन गर्नेछ ।

सन् १९८० मा स्वतन्त्र भएको जिम्बाबेमा ‘जिम्बाबे अफ्रिकी राष्ट्रिय सङ्घ राष्ट्रवादी’ पार्टीले निरन्तर शासन गर्दै आएको छ । यो आम निर्वाचनपछि पनि जिम्बाबे अफ्रिकी राष्ट्रिय सङ्घ राष्ट्रवादी शासनमा निरन्तर हुन चाहन्छ ।

राष्ट्रपति पदका लागि ११ जना उम्मेदवार प्रतिस्पर्धा गर्नेछन् । यो आम निर्वाचनमा मुख्य प्रतिस्पर्धा जिम्बाबे अफ्रिकी राष्ट्रिय सङ्घ राष्ट्रवादीका नेता तथा वर्तमान राष्ट्रपति इमर्सन मनङ्गाग्वा र परिवर्तनका लागि नागरिक गठबन्धनको नेतृत्व गरिरहेका नेल्सन चामिसाबीच हुने बताइएको छ । मनङ्गाग्वाले शनिबार आफ्नो गृह प्रान्त मिडल्याण्ड्समा आफ्नो चुनावी अभियानको समापन गर्नुभयो भने चामिसाले सोमबार जिम्बाबेको राजधानी हरारेमा आफ्नो चुनावी अभियान समापन गर्नुभयो । जिम्बावे निर्वाचन आयोगको तथ्याङ्क अनुसार, ६० लाखभन्दा बढी मानिसले मतदान गर्नेछन् । जिम्बाबेमा हरेक पाँचरपाँच वर्षमा आवधिक निर्वाचन हुन्छ । पछिल्लो चुनाव २०१८ मा भएको थियो । जिम्बाबेमा राष्ट्रपतिको चुनावमा भाग लिनका लागि उमेर कम्तीमा ४० वर्ष हुनुपर्ने व्यवस्था छ ।

जिम्बावेको संविधानले संसद्का ३५० सदस्यको निर्वाचनको व्यवस्था गरेको छ । संसदमा राष्ट्रिय सभा र सिनेटमा क्रमशः २७० र ८० सांसद हुन्छन् ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...