लिबियामा बाढी : पाँच हजार बढीको मृत्यु, १० हजार बेपत्ता

Published on

काठमाडौं । पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार पाँच सय पुगेको छ । अन्य सात हजार बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

त्रिपोलीस्थित आपत्कालीन सेवाका प्रवक्ता ओसामा अलीले मृतकको यकिन सङ्ख्या अझै निर्धारण गर्न नसकिएको र अझै पनि बाढीबाट प्रभावित क्षेत्रहरूबाट शव निकाल्ने काम भइरहेको बताउनुभयो ।

बाढी प्रभावित क्षेत्रमा करिब १० हजार मानिस बेपत्ता भएको र ३० हजार बढी विस्थापित भएको बताइएको छ । साथै अत्यावश्यक सामग्रीहरूको समेत अभाव हुन थालेको बताइएको छ । भूमध्यसागरीय आँधी पछिको बाढीका कारण पूर्वी लिबियामा ठुलो क्षति भएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल 

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...