लिबियामा बाढी : पाँच हजार बढीको मृत्यु, १० हजार बेपत्ता

Published on

काठमाडौं । पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार पाँच सय पुगेको छ । अन्य सात हजार बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

त्रिपोलीस्थित आपत्कालीन सेवाका प्रवक्ता ओसामा अलीले मृतकको यकिन सङ्ख्या अझै निर्धारण गर्न नसकिएको र अझै पनि बाढीबाट प्रभावित क्षेत्रहरूबाट शव निकाल्ने काम भइरहेको बताउनुभयो ।

बाढी प्रभावित क्षेत्रमा करिब १० हजार मानिस बेपत्ता भएको र ३० हजार बढी विस्थापित भएको बताइएको छ । साथै अत्यावश्यक सामग्रीहरूको समेत अभाव हुन थालेको बताइएको छ । भूमध्यसागरीय आँधी पछिको बाढीका कारण पूर्वी लिबियामा ठुलो क्षति भएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल 

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...