करेन्ट लागेर एक जनाको मृत्यु

Published on

काठमाडौं । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका(७ चिमखोलामा रहेको टुण्डी हाइड्रो पावरमा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । टुण्डी हाइड्रोको कन्सट्रक्सनको काम गर्ने क्रममा रामेछाप कन्ट्रक्सनका मजदुर सल्यान बागचौर नगरपालिका(८ का ३२ वर्षीय कमल योगीको मृत्यु भएको हो ।

चिमखोलास्थित टुण्डी हाइड्रो पावरको विद्युत् निर्माणको काम भइरहेको ठाउँमा योगीलाई एक्कासि करेन्ट लागेको थियो । उहाँलाई जोगाउने प्रयास गर्दा रामेछाप जिल्लाको लिखातामा गाउँपालिका–६ का २४ वर्षीय प्रवीण थापालाई समेत करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी अशोककुमार झाले जानकारी दिनुभयो । बुधबार बेलुका करेन्ट लागेपछि दुबै जनालाई उपचारका लागि बेनी अस्पतालमा ल्याइएकोमा अस्पतालका डाक्टरले योगीलाई मृत घोषणा गरेको सूचना अधिकारी झाले जानकारी दिनुभयो । एक जनाको भने अहिले बेनी अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...