नाकाबाट भित्रिदै छ कोरोना

Published on

काठमाडौं । नाकामा कोरोना देखा पर्न थालेको छ । भारतबाट फर्किनेहरुमा नाकामा कोरोना सङ्क्रमण देखा पर्न थालेको हो ।

नाकामा रहेको हेल्थ डेस्कले शङ्कास्पद व्यक्तिहरुको एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भइरहेको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले जानकारी दिनुभयो । “कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई पहिलेजस्तै स्वास्थ्य मापदण्ड कायम गर्दै आइसोलेसनमा बस्नेगरी पठाउने काम भइरहेको छ” उहाँले भन्नुभयो । पछिल्लो एक साता नाकामा परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको छ । निर्देशनालयको अनुसार गौरीफन्टा नाकाबाट फर्किएका १३ र झुलाघाट नाका भएर फर्किएका चार जनामा कोरोना देखिएको छ । भेरियन्ट पहिचानको काम भने भएको छैन । जोशीले भन्नुभयो, “नयाँ वा पुरानो कस्तो भेरियन्ट हो, त्यो पहिचानका लागि नमुना पठाइएको छैन ।”

कोरोनाको भेरियन्ट पहिचानका लागि काठमाडौंस्थित केन्द्रीय प्रयोगशालामा नमुना पठाउने काम गरिएको छ । सन् २०१९ बाट कोरोनाको कहर सुरु भएको थियो । त्यो बेलादेखि हालसम्म सुदूरपश्चिम प्रदेशमा छ लाख ७६ हजार ६२३ जनाको परीक्षण गर्दा ६२ हजार ५३१ जनामा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमणपछि प्रदेशमा ६३७ जनाले ज्यान गुमाइसकेका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...