नाकाबाट भित्रिदै छ कोरोना

Published on

काठमाडौं । नाकामा कोरोना देखा पर्न थालेको छ । भारतबाट फर्किनेहरुमा नाकामा कोरोना सङ्क्रमण देखा पर्न थालेको हो ।

नाकामा रहेको हेल्थ डेस्कले शङ्कास्पद व्यक्तिहरुको एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भइरहेको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले जानकारी दिनुभयो । “कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई पहिलेजस्तै स्वास्थ्य मापदण्ड कायम गर्दै आइसोलेसनमा बस्नेगरी पठाउने काम भइरहेको छ” उहाँले भन्नुभयो । पछिल्लो एक साता नाकामा परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको छ । निर्देशनालयको अनुसार गौरीफन्टा नाकाबाट फर्किएका १३ र झुलाघाट नाका भएर फर्किएका चार जनामा कोरोना देखिएको छ । भेरियन्ट पहिचानको काम भने भएको छैन । जोशीले भन्नुभयो, “नयाँ वा पुरानो कस्तो भेरियन्ट हो, त्यो पहिचानका लागि नमुना पठाइएको छैन ।”

कोरोनाको भेरियन्ट पहिचानका लागि काठमाडौंस्थित केन्द्रीय प्रयोगशालामा नमुना पठाउने काम गरिएको छ । सन् २०१९ बाट कोरोनाको कहर सुरु भएको थियो । त्यो बेलादेखि हालसम्म सुदूरपश्चिम प्रदेशमा छ लाख ७६ हजार ६२३ जनाको परीक्षण गर्दा ६२ हजार ५३१ जनामा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमणपछि प्रदेशमा ६३७ जनाले ज्यान गुमाइसकेका छन् ।

ताजा समाचार

इपिएस सम्झौताको १७ वर्ष : नेपाल बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ...

पुर्ख्यौली पेसा संरक्षणको माग

काठमाडौं । पुर्ख्यौली पेसामा आश्रित कुम्हार समुदायले पेसा संरक्षणका लागि माग गरेका छन् । यो...

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...