आठ महिनामा ६२ प्रतिशत राजस्व सङ्कलन

Published on

काठमाडौं । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०र०८१ को आठ महिनामा लक्ष्यको करिब ६२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

केही वर्ष पहिलेसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्दैआएको पश्चिम नेपालका प्रमुख भन्सार नेपालगन्जले गत केही वर्षदेखि लक्ष्य पुगाउन सकिरहेको छैन । चालु आर्थिक वर्ष २०८०र०८१ को माघ मसान्तसम्म १६ अर्ब २७ करोड ३० लाख ६४ हजार रुपियाँ राजस्व सङ्कलन लक्ष्य निर्धारण गरिएको थियो । सो अवधिमा १० अर्ब ६२ लाख पाँच हजार रुपियाँ राजस्व सङ्कलन गर्न सकेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो । उहाँले लक्ष्यभन्दा ६ अर्ब कम राजस्व सङ्कलन भएको जनाउँदै राजस्व सङ्कलनमा लक्ष्य भेटाउन चुनौती देखिएको बताउनुभयो । सूचना अधिकारी लम्सालका अनुसार गत आर्थिक वर्ष २०७९र०८० को साउनदेखि माघ मसान्तसम्म १६ अर्ब ४१ करोड ९२ लाख ४५ हजार राजस्व सङ्कलन लक्ष्य रहेकोमा १० अर्ब १ करोड ५३ लाख २१ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

चलु आर्थिक वर्षको आठ महिनामध्ये सबैभन्दा बढी मङ्सिर महिनामा १ अर्ब ५५ करोड ८९ लाख ९९ हजार रुपियाँ राजस्व सङ्कलन भएको र सबैभन्दा कम कात्तिक महिनामा १ अर्ब २४ करोड २१ लख ५० हजार रुपियाँ राजस्व सङ्कलन भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म सबैभन्दा बढी आयात हुने वस्तुहरूमा डिजेल, पेट्रोल, एलपी ग्यास, चामल, फलाम, फलफूल, मकै, आलु, गहुँ, भटमासको पिना, स्टिल रहेका छन् भने सबैभन्दा बढी निर्यात भएका बस्तुहरूमा जडीबुटी, प्लाइउड, खयर कत्था, रोजिन, अदुवा, तार्पिनको तेल, दालचिनी, चोकर भुस, नौनी घ्यु, रिठ्ठालगायत छन् ।

कोरोना सुरु भए यता यो नाकाबाट लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेको भन्सार कार्यालयले जनाएको छ ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...