शिवरात्रिमा चार हजार प्रहरीको परिचालन

Published on

काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिर परिसरको सुरक्षाका लागि चार हजार ४९ प्रहरी परिचालन गरिने भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले महाशिवरात्रिलाई लक्षित सुरक्षा योजना तयार गरी दर्शनार्थीको शान्ति सुरक्षा तथा सवारी व्यवस्थापनका लागि विशेष कमान्ड पोस्ट स्थापना गरी प्रहरी र सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको जनाएको छ ।

कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले महाशिवरात्रि पर्वमा स्वदेशी तथा विदेशी भक्तजनको अत्यधिक भिड हुने भएकाले सवारी व्यवस्थापनका लागि ५८३ ट्राफिक प्रहरीसहित चार हजारभन्दा बढी प्रहरी परिचालन गरिने जानकारी दिनुभयो । सुरक्षा योजनामा ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन र जिल्ला प्रहरी परिसर, काठमाडौँबाट प्रहरी परिचालन हुने छ । प्रवक्ता मैनालीले पशुपतिनाथ मन्दिर परिसरको सुरक्षा व्यवस्था प्रभावकारी बनाई सो क्षेत्रमा हुने सवारी व्यवस्थापनसमेत सहज बनाइन आवश्यक तयारी भएको जानकारी दिनुभयो । सुरक्षा योजनाको नेतृत्व प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले गर्नुहुने छ । सुरक्षार्थ खटिने प्रहरीलाई कर्डन, पिकेट, मोबाइल गस्ती, पैदल गस्ती, स्टाइकिङ, ड्रोन, सिसिटिभी क्यामरा, बडी वर्न क्यामरालगायतका प्रविधिबाट दर्शनार्थीको निगरानी गरिने बताइएको छ । भइपरी आउन सक्ने अवस्थाको मूल्याङ्कन गरी प्रहरी अस्पतालबाट चिकित्सकसहितको एम्बुलेन्स, तालिम प्राप्‍त उद्धारकर्मी तथा रिजर्भ फोर्ससमेतलाई तयारी अवस्थामा राखिने छ । आवश्यक परेमा अन्य सुरक्षा अङ्गबाट पनि सहयोग लिने गरी उपत्यका प्रहरीले समन्वय गरिसकेको जनाएको छ । मेलाको समयमा शान्ति सुरक्षाका लागि ९३५ महिला प्रहरी, ४३९ सादा पोसकका प्रहरी परिचालन गरिने छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले आवश्यक सुरक्षाका लागि थप तीन हजार ५११ प्रहरी खटाएको प्रवक्ता मैनालीले जानकारी दिनुभयो । मेला सुरु भएदेखि समाप्‍त नभएसम्मका सबै गतिविधिको सूक्ष्म निगरानीका लागि कमान्ड पोस्‍टमार्फत सादा पोसाकका प्रहरीका साथै ड्रोन र रिजर्भ फोर्सबाट सूक्ष्म निगरानी गरिने प्रहरीले जनाएको छ । प्रहरीले मेलामा सहभागी हुने दर्शनार्थीलाई अपरिचित व्यक्तिले दिएका खानेकुरा नखान, नगद तथा बहुमूल्य सामान र गहना सकभर प्रयोग नगर्न अनुरोध गरेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...