राष्ट्रिय स्तरको स्वास्थ्य पुनर्स्थापना केन्द्र नहुँदा उपचारमा समस्या

Published on

काठमाडौं । राष्ट्रिय स्तरको स्वास्थ्य पुनर्स्थापना केन्द्र नहुँदा दुर्घटनामा अङ्गभङ्ग भएका बिरामीको उपचारमा समस्या देखिएको छ । मुख्य गरी दुर्घटनामा परेर अङ्गभङ्ग भएकाहरुको उपचारसँगै शारीरिक व्यायाम अभ्यास गराएर गराइने उपचारमा समस्या देखिएको हो । सरकारको आफ्नो पुनर्स्थापना केन्द्र नभएकोले बिरामीले निजी पुनस्थापना केन्द्रमा महँगोमा उपचार गराउन बाध्य बनिरहेका छन् ।

स्पाइन इन्जुरी, हेड इन्जुरीहरु, क्यान्सर, हड्डीको बिरामीहरुले अस्पतालको उपचारपछि पनि तोकिएको व्यायाम र थेरापी गर्नुपर्ने हुन्छ । राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेण्डेन्ट डा। बद्रि रिजालले यस्तो उपचार चिकित्सकको निगरानीमा वा सल्लाहमा पुनर्स्थापना केन्द्रमा राखेर उपचार गराउँदा बिरामी छिटो निको हुने बताउनु भयो । उहाँले हालसम्म नेपालमा सरकारी स्तरमा पुनर्स्थापना केन्द्र नरहेको जानकारी दिनुभयो । पुनर्स्थापना केन्द्र नहुँदा बिरामीहरु निजी स्वास्थ्य संस्थामा महँगो रकम तिरेर उपचार गराउन बाध्य रहेको बताउनुभयो । दुर्घटनामा परेर उपचारमा आएका बिरामीले सहज जीवनयापनमा फर्कन पुनस्र्थापना केन्द्रमा रहेर नै उपचार गराउनुपर्ने भएकोले सरकारले छिटोभन्दा छिटो पुनस्र्थापन केन्द्र निर्माण गर्नुपर्ने डा।रिजालले बताउनु भयो ।

दुर्घटना पछिको आकस्मिक उपचार पछिका बिरामीले पूर्ववत अवस्थामा फर्कन वा जीवनशैलीलाई सहज बनाउन विभिन्न प्रकारको व्यायाम र थेरापी गर्नुपर्ने हुन्छ । यो लामो समय लाग्ने उपचारको प्रक्रिया हो । अहिलेसम्म सरकारको आफ्नो छुट्टै पुनस्र्थापना केन्द्र छैन । ललितपुरको गोदावरी नगरपालिकाले पुनर्स्थापना केन्द्र निर्माणमा चासो देखाएको छ । नगरपालिकाको वडा नं। १० र ६ को सीमामा पर्ने झ्यालुन्टार सामुदायिक वन र फैडोल सामुदायिक वन क्षेत्र भित्र पुनस्र्थापना केन्द्र निर्माण गर्न जग्गा उपलब्ध गराउने निर्णय समेत गरेको छ । गोदावरी नगरपालिकाले नगरपालिकाले पुसमा एक निर्णय गर्दै वडा नं। १० र ६ को सीमामा पर्ने झ्यालुन्टार सामुदायिक वन र फैडोल सामुदायिक वन क्षेत्रभित्र बन्द भएको पुरानो ढुङ्गा खानी क्षेत्रको करिव सय रोपनी जग्गा पुनःस्थापना केन्द्र निर्माणका लागि उपलब्ध गराउने भएको छ । राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेण्डेन्ट डा। बद्रि रिजालले निर्माणका लागि थप प्रक्रिया अघि बढाउनका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आग्रह पत्र पठाएको पनि बताउनु भयो । सरकारले प्राथमिकतामा राखेर छिटो निर्णय गर्नुपर्ने डा। रिजालले बताउनु भयो ।

नेपालमा दुर्घटनाको अवस्था कहाली लाग्दो छ । सबैभन्दा धेरै सडक दुर्घटना छ । दुर्घटना पछिको मृत्यु हुने दर सबैभन्दा धेरै छ । धेरै सडक दुर्घटना हुने भएकोले अन्य दुर्घटनाको अभिलेख व्यवस्थित रहेको पाइँदैन । कृषि क्षेत्र, औद्योगिक क्षेत्र, निर्माण क्षेत्रमा हुने दुर्घटनाका तथ्याङ्कमा आधारित समाचारमा खासै आउँदैनन् । स्वास्थ्य सेवा विभागको तथ्याङ्कअनुसार ०७९÷०८० मा सवारी दुर्घटनामा परेका एक लाख एक हजार ९४७ घाइते अस्पताल पुगेका छन् । विभागको तथ्याङ्कअनुसार ९४ हजार ६ सय ६५ घाइते अस्पतालका ओपिडी र गम्भीर घाइते भएका सात हजार दुई सय ८२ इमर्जेन्सीमा पुगेका छन् । ०७९÷०८० मा दुई हजार आठ सय ८३ जनाले दुर्घटनामा ज्यान गुमाएको तथ्याङ्क छ  ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...