सुन जाँचबुझ आयोगको प्रतिवेदन : दोषीलाई कारबाही हुन्छ ?

Published on

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ । बिहीबार आयोगका अध्यक्ष डिल्लीराम आचार्यले सिंहदरबारमा गृहमन्त्री लामिछानेलाई सो प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

गठन भएको साढे पाँच महिनामा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाइएको हो । प्रतिवेदन बुझ्नुहुँदै गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरिने बताउनुभयो । उहाँले दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिने पनि जानकारी दिनुभयो । आफूलाई लागेको कुरा लिखित रूपमा आयोगलाई पठाएको भन्नुहुँदै मन्त्री लामिछानेले सुनको अवैध तस्करी नियन्त्रणमा प्रतिवेदनले सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुने छ । विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानुन मातहतमा ल्याइने छ ।’’ प्रतिवेदन कार्यान्वयनको चुनौती आफैँले सामना गर्ने उहाँको भनाइ छ ।

यसैगरी,गृहमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा ४८५ पृष्ठ, १३ अनुच्छेद र ९ अनुसूची रहेको छ । आयोगले नौ भन्सार नाकाको स्थलगत अनुगमन गरेको छ भने ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार परिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिवेदनको १३औँ परिच्छेद निष्कर्ष र सुझाव रहेको छ । यसैगरी, मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सीडीआर\डीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली प्रतिवेदनमा समावेश गरिएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...