एभरेष्ट चिनी मिलको क्रसिङ सम्पन्न

Published on

काठमाडौं । रामनगरस्थित एभरेष्ट चिनी मिलले यस वर्षको उखु क्रसिङ सम्पत्र गरेको छ । एभरेष्टले आज विहान साढे ४ वजेदेखि चालु सिजन ९०८०÷८१० को क्रसिङ सम्पन्न गरेको औपचारीक जानकारी गराएको हो ।

यो पटक मिल ८९ दिन चले पनि पटकपटक गरि ७ दिन ‘नो केन’ हुँदा खुद क्रसिङ भने ८२ दिन मात्र भएको छ । उखुको मूल्यलाई लिएर किसानहरु आन्दोलनमा उत्रेका कारण निर्धारित समयभन्दा ११ दिनपछि अर्थात् पुष ४ गतेदेखि मिल चलेको थियो । यस अवधिमा २९ लाख ४ हजार क्विन्टल उखु क्रसिङ गरिएको छ । यो परिमाण लक्ष्यको करिव ६ लाख क्विन्टल घटी हो । यसपाली चिनीको ‘रिकभरि’ सरदर ९ प्रतिसत रहेपनि कति चिनि उत्पादन भयो ५ दिनपछि मात्र एकिन हुने एभरेष्टले जनाएको छ । महाप्रवन्धक सुरेन्द्र शुक्लाका अनुसार गत वर्ष ९०७९÷८०० २६ लाख ३० हजार ७४७ क्विन्टल उखु क्रसिङ गरि २ लाख ४२ हजार ३ क्विन्टल चिनी उत्पादन गरेको एभरेष्टले यो वर्ष ३५ लाख क्वि क्रसिङको लक्ष्य लिइएको थियो । यस वर्ष उखुको उत्पादन र खेतीको क्षेत्रफल बढेकाले गत वर्षको तुलनामा ९ लाख क्वीन्टल बढी उखु क्रसिङको लक्ष्य लिएको महाप्रवन्धक शुक्लाले जनाउनु भयो ।

तथापि क्रसिङ सिजनको निकट पारेर किसानहरु आन्दोलनमा उत्रेपछि एभरेष्ट लगायतका ठुला मिलहरु निर्धारित समयमा सञ्चालन हुन सकेनन् । यसैलाई अवसर बनाएर सर्लाही र वारा जिल्लाका साना चिनी मिलहरुले आन्दोलन अवधीमा पनि क्रसिङ जारि राखे । आन्दोलनका कारण ठुला मिल सञ्चालनमा अन्यौल देखिएपछि हतारमा रहेका कतिपय किसानले साना मिलमा उखु खपत गरेकाले ठुला मिलका लागि उखु आपूर्तिमा स्वाभाविक कमि आएको थियो । क्रसिङको उत्तरार्धमा आइपुग्दा प्रतिकूल मौसमले उखु आपुर्तिमा थप समस्या प¥यो । पटकपटक ‘नो केन‘ को स्थिति आयो । यी कारणले गर्दा एभरेष्टले लक्ष्यवमोजिम क्रसिङ गर्न नसकेको शुक्लाले जनाउनुभयो । यो वर्षदेखि एभरेष्टले ५ दिनभित्रै उखुको भुक्तानी दिन थालेकोले मिलप्रति किासनको भरोसा बढेपनि समुचित मूल्य नपाउँदा उखु किसान भने निरास देखिएका छन् । यो नैरास्यताको असर आगामी वर्षको उखु खेतीमा पर्ने हुदा उखु अभाव तत्कालै समाधान हुने संकेत देखा नपरेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवहाले जनाउनुभयो ।

सरकारले गत वर्ष उखुको ५४० रुपियाँ रेटमा २५ रुपियाँमात्र थप गरि प्रति क्विन्टल ५६५ रुपियाँ कायम गरेको छ । यो वृद्धिसँगै सरकाले दिने ७० रुपियाँ अनुदानसमेत जोड्दा उखुको मूल्य प्रति क्विन्टल ६३५ रुपैया कायम भएको छ । उखु किसानले भने बढ्दो महङ्गीका कारण उखुको मूल्य प्रति क्विन्टल ७५० रुपियाँ माग गर्दै आएका छन् । यो माग सम्वोधन नभएसम्म मूल्यका लागि किसान रुने र उखुका लागि चिनी मिल रुने अवस्थामा सुधार आउन सक्दैन कुशवहाले भन्नुभयो ।गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...