बढ्यो लागू पदार्थको दुर्व्यसनी र कारोबारी

Published on

काठमाडौं । प्राप्त तथ्याङ्कले तनहुँमा पछिल्लो समय लागू औषधजन्य पदार्थ बरामद र लागू औषध मुद्दा बढ्दै गएको पाइएको छ । प्रहरीले बरामद गरेको लागू औषध र पक्राउ पर्नेको सङ्ख्यालाई हेर्दा लागू औषध सेवनकर्ता र कारोबारी बढेको देखिन्छ । लागू औषध गाँजा, चरेस, हेरोइन, कोकिन लगायतका लागू औषधको प्रयोग र कारोबार बढेको देखिएको छ । लागू औषधको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको प्रहरीले जनाएको छ ।

चालु आवको माघसम्म यस्ता अभियोगमा ३८ वटा मुद्दा दर्ता भई ५५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिनुभयो । ती मध्येमा ५३ पुरुष र दुई महिला रहेका छन् । खड्काका अनुसार गत आर्थिक वर्ष २०७८र०७९ मा ३७ वटा मुद्दा दर्ता भई ४८ पुरुष र पाँच महिला गरी कुल ५३ पक्राउ परेका थिए । त्यस्तै आर्थिक वर्ष २०७९र०८० मा ५५ मुद्दा दर्ता भई ८० जना पुरुष र ६ महिला गरी ८६ जना पक्राउ परेका छन् । यसको माग घटाउने अभियान र वितरणमा नियन्त्रण गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख कपिलराज बोहोराले जानकारी दिनुभयो । कक्षा ११, १२ र स्नातक प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूका लागि दमौलीस्थित क्यिएफएक्स सिनेमा हलमा एक साता अघि फागुन २७ गते लागू औषध दुर्व्यसनी न्यूनीकरणसम्बन्धी लघुचलचित्र ‘सङ्गत’ को निःशुल्क प्रदर्शनी गरिएका उहाँले बताउनुभयो । बोहोराले भन्नुभयो, ‘‘लागू औषधको कारोबार र सेवनलाई निरुत्साहित गर्न आवश्यक भएकोले निःशुल्क पर्दशन गरेका हौं ।’’

लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा औषध हो । यसले शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत बनाउँछ । यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ । यसको प्रयोगले मिर्गौला, फोक्सो खराब बनाउनेका साथै एचआईभी एड्स र प्राण घातक रोग क्यान्सरको जोखिम पनि बढाउने चिकित्कहरु बताउँछन् । कानुनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागू औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागू पदार्थ हो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...