पोखरा विमानस्थलको ऋण अनुदानमा बदल्न पहल हुन्छ ‘प्रचण्ड’को भनाई

Published on

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने विश्वास व्यक्त गर्नुभएको छ । पोखरामा आइतबार बिहान भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले छिमेकी मुलुकसँग यसबारे कुरा भइरहेको उल्लेख गर्नुभयो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले ऋणमा डुबायो भन्ने खालका अफवाहप्रति जानकार रहेको जनाउँदै विमानस्थलको ऋणलाई अनुदानमा बदल्न प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । “२५ प्रतिशतमात्र होइन, सबै ऋण पनि अनुदानमा बदल्नेबारे मेरो ध्यान छ,” उहाँले भन्नुभयो । प्रधानमन्त्री दाहालले सूचना, प्रविधिविहीन अवस्था मानवको अस्तित्व नै कायम नहुने खालको अवस्थामा पुगेको जनाउँदै आवश्यक पूर्वाधार र कानुन निर्माण गरी सञ्चार क्षेत्रलाई व्यवस्थित र व्यावसायिक बनाइने प्रष्ट पार्नुभयो । सञ्चार क्षेत्रलाई सेवामूलक उद्योगमा राखी सरकारले संरक्षण र संवद्र्धन गर्ने उहाँको प्रतिवद्धता छ । प्रधानमन्त्री ‘प्रचण्ड’ ले समारोहमा दयाशंकर स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार दीपेन्द्र श्रेष्ठ र २०८० बाट पत्रकार मरोपरान्त त्रिभुवन पौडेललाई सम्मान गर्नुभयो । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा स्वर्गीय दयाशंकर पालिखेका परिवारद्वारा स्थापित यो पुरस्कारको राशि नगद एक लाख एक हजार एक सय ११ रुपियाँ छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले व्यवस्था परिवर्तन, समाजमा चेतना र सूचना, समाचार सम्प्रेषणमा मिडियो भूमिका भए पनि राज्यले त्यसको मूल्याङ्कन गर्न नसकेको गुनासो गर्नुभयो । महासंघले लामो समयदेखि आम सञ्चार प्रतिष्ठान माग गरे पनि त्यो बन्न नसकेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, “राज्यले हामीलाई अभिभावकत्व दिएको महसुस भएको छैन ।” यस्तै, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, प्रेस स्वतन्त्रताका सेनानी कुशुमकेशव पराजुली र महासंघ कास्की सचिव माधव बरालले पनि आफ्नो धारणा राख्नुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...