रानी महल जाने सडक खुल्यो सडक सुधारपछि

Published on

काठमाडौं । सडकमा परेको खाल्टाखुल्टीका कारण सहज यात्राका लागि जोखिमपूर्ण बनेको सडक बनाएपछि पाल्पाको रानी महल जाने सडक सञ्चालनमा आएको छ । ४८ दिन सडक बन्द गरेर सडक मर्मत सुधार गरेपछि तानसेन–रानी महल सडक सञ्चालनमा आएको हो । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य स्थल रानी महल जाने बाटो लुम्बिनी प्रदेश सरकारको लगानीमा मर्मत सुधार गरिएको हो ।

एकतर्फी सडक बन्द गरेर मर्मत सुधार गर्ने अवस्था नभएपछि डेढ महिना सडक बन्द गरेर जोखिमयुक्त क्षेत्रको सडक ढलान गरिएको छ । तानसेन–रानी महल सडक खण्डको बैकुन्ठे भीर नजिकैको सडक मर्मत सुधार गरिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । यसअघि रानी महल क्षेत्रमा जाने सडकमा परेको खाल्डाखुल्डीका कारण रानी महलसम्म जाने आउने पर्यटकहरूले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो । सडक बन्द गरेर स्तरोन्नतिको काम सकिएको र अबदेखि सडक नियमित सञ्चालनमा आएको कार्यालय प्रमुख वासुदेव भण्डारीले जानकारी दिनुभयो । गत माघ १७ गतेदेखि सडक बन्द गरेर स्तरोन्नतिको काम गरिएको थियो ।

सडक स्तरोन्नति अन्तर्गत सडक ढलान, मेशिनरी वाल निर्माण, ग्याबिङ वाल निर्माणलगायतको काम भएको प्रमुख भण्डारीले बताउनुभयो । उक्त क्षेत्रमा सडक जोखिमलाई मध्यनजर गर्दै रेलिङ् राख्ने तथा सडक चौडा बढाएर ढलान गरिएको छ । सडक मर्मत सुधार भए पनि दिनहुँ रानी महल जाने पर्यटकको यात्रा सहज हुने कार्यालयका सूचना अधिकारी श्यामकुमार श्रेष्ठले बताउनुभयो । दैनिक सयौँ पर्यटक यही सडक भएर रानी महलमा जाने गर्दछन् । गोरखापत्र

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...