बिरामी हिमाली गिद्धको उद्धार

Published on

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ बाट बिरामी अवस्थामा रहेको हिमाली गिद्धको उद्धार गरिएको छ ।

लोपोन्मुख प्रजातिको रूपमा रहेको हिमाली गिद्धको बग्लहुवा सामुदायिक वनबाट स्थानीयले उद्धार गरी मङ्गलबार डिभिजन वन कार्यालय पहलमानपुरलाई बुझाएका हुन् । डिभिजन वन कार्यालयका प्रमुख नितेसराज भट्टराईले स्थानीयले खबर गरेपछि वनका कर्मचारीले उद्धार गरी डिभिजन वन कार्यालयमा राखिएको बताउनुभयो । उहाँले बिरामी गिद्धको उपचार गरी सुरक्षित स्थानमा छोडिनेसमेत जानकारी दिनुभयो । चराविद् हिरुलाल डगौराले जाडोको समयमा आहारा खोज्दै टाढा टाढासम्म पुग्ने हिमाली गिद्ध गर्मी सुरु भएसँगै हिमाल तिर फक्रने बताउनुभयो । चराविद् डगौराले लामो दुरीको उडान र गर्मीका कारण बिरामी परेको हुनसक्ने बताउनुभयो ।

उहाँले उद्धार गरिएको गिद्ध आइ।यु।सि।एनको रेडलिष्टअनुसार सङ्कटको नजिक रहेको जनाउनुभयो । हिमाली गिद्धहरू जाडोमा नेपालको हिमाली क्षेत्रबाट तराइमा आहाराका लागि आउने गरेको बताइन्छ । दुई वर्ष अगाडि यस्ता खालको हिमाली गिद्ध भजनीको सामुदायिक वनमा बिरामी अवस्थामा फेला परेको थियो । गोरखापत्र

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...