वेस्ट इन्डिजविरुद्ध सिरिजको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

Published on

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा जितका लागि एक सय ७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । यससँगै सिरिज वेस्ट इन्डिजले ३–२ ले जितेको छ । नेपालका लागि अनिल शाहले ५८ र आशिफ शेखले ५१ रनको अर्धशतकीय पाली खेल्नुभयो । कुशल मल्लले अविजित ३७ र कुशल भुर्तेलले १३ रन बनाउनुभयो । बलिमा वेस्ट इन्डिजका ओवेड म्याक्वेले तीन तथा म्याथ्यु फर्डले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो ।

वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जे अविजित ४२ रन बनाउनुभयो । यस्तै कप्तान रोस्टन चेजले ३३, जोनसन चार्ल्सले २४, म्याथ्यु फर्डले २३ तथा कादिम अलीने र मार्क डेयलले समान ११ रन बनाउनुभयो । बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले तीन तीन विकेट लिनुभयो । अविनाश बोहराले एक विकेट झार्नुभयो । पाँच खेलको सिरिजमा यसअघिनै वेस्ट इन्डिज ‘ए’ ३–१ ले जितिसकेको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...