भोजपुर–विराटनगर हवाई उडान ६ वर्षपछि पुनः सुचारु

Published on

काठमाडौं । भोजपुर–विराटनगर हवाई उडान सेवा ६ वर्षपछि पुनः सुचारु भएको छ । वि।स २०७४ बाट प्राविधिकलगायत विभिन्न कारणले बन्द रहेको उडान हाल उक्त समस्याहरू समाधान भएसँगै पुनः उडान सुचारु भएको हो ।

नेपाल वायु सेवा निगमको टयुनेटर विमानले अब हप्तामा दुई दिन शनिबार र बिहीबार भोजपुर–विराटनगर उडान गर्ने नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काले बताउनुभयो । उहाँका अनुसार भोजपुर–विराटनगर हप्तामा दुई पटक उडान हुन्छ भने हवाई भाडा ४ हजार २९ रुपियाँ निर्धारण गरिएको छ । लामो समयदेखि उडान बन्द हुँदा भोजपुर–विराटनगर आवतजावत गर्ने बिरामी, अशक्त तथा समस्यामा परेका यात्रुहरूलाई सवारी साधनबाट यात्रा गर्न बाध्यता थियो । अब सिधा हवाई सेवा सुचारु भएपछि यात्रुहरूलाई छिटो यात्रा गर्न सहज हुने भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले बताउनुभयो । उडान सेवाको उद्घाटन गर्नुहुँदै प्रमुख आलेले आगामी दिनमा जहाज उडानमा निरन्तरता र सहजता प्रदान गर्न नेपाल वायुसेवा निगम र क्रु मेम्बरलाई आग्रह समेत गर्नुभयो । भोजपुर–विराटनगर हवाई सेवा पुनः सुचारु भएसँगै जिल्लावासीहरू खुसी भएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...