सगरमाथा विमानस्थल चर्चामा मात्रै

Published on

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित जोगीदहमा निर्माण गरिने भनिएको प्रस्तावित सगरमाथा विमानस्थलका लागि सरकारले बजेट विनियोजन नगरेकामा स्थानीय निराश भएका छन् ।

अघिल्ला वर्षहरूदेखि नै त्रियुगा नगरपालिका–१ र २ जोगीदहमा निर्माण सुरु गरिएको उक्त विमानस्थलको रुख कटान गरी १५६ हेक्टर सामुदायिक वनको जग्गा खाली गराएर विमानस्थल निर्माणका लागि प्रव्रिया अगाडि बढाइएको थियो । यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१\८२ को बजेटमा सगरमाथा विमानस्थललाई बजेट विनियोजन नभएको पाइएपछि स्थानीय निराश बनेका हुन् । सरकारले प्राप्त बजेट नछुट्याउँदा रुख कटानबाहेकका काम अघि बढ्न सकेको छैन । तीन अर्बभन्दा बढी निर्माण लागत लाग्ने विमानस्थलमा चालु आवमा पाँच करोड विनियोजन भएकामा उक्त रकम खर्च भएको जनाइएको छ । आगामी आव २०८१\८२ का लागि भने सरकारले बजेट नछुट्याएकाले आपूहरू मर्माहत भएको निर्माण समितिले जनाएको छ । सगरमाथा विमानस्थल निर्माण समितिका संयोजक वीरेन्द्र बस्नेतका अनुसार आव २०८१\८२ को बजेट वक्तव्यमा विमानस्थलका लागि बजेट विनियोजन नभए पनि उदयपुर निर्वाचन क्षेत्र नं. १ का सङ्घीय सांसद डा। नारायण खड्काले संसदीय विकास तथा पूर्वाधारका लागि प्राप्त बजेटबाट एक करोड रुपियाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको र गत वर्षको बाँकी रकमबाट घेराबार लाउने, माटो सम्याउने, खाल्टाखुल्टी भर्ने र काटिएका रुखका जरा निकाल्ने काम गरिने बताउनुभयो ।

त्रियुगा नगरपालिका–१ र २ मा पर्ने कङ्ग र मोतीयाही सामुदायिक वनको १३ हजार ६३७ वटा रुख कटान गरेर घाटगद्दी भएको छ । सामुदायिक वनले उक्त काठ बिव्र गर्न सकिरहेको छैन भने अहिले विमानस्थल निर्माणसम्बन्धी कुनै पनि काम अगाडि बढ्न सकेको छैन । पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतले तत्कालका लागि दुई करोड उपलब्ध गराउने भने पनि सरकार फेरिएपछि अर्थ मन्त्रालयको रणनीति पनि बदलिएको अध्यक्ष बस्नेतले बताउनुभयो । दुई किलोमिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग बनाउने गरी निर्माण थालिएको भए पनि निर्वाचनका समयमा मात्र विमानस्थल निर्माणको चर्चा हुने गरेको र अन्य समयमा यसको चर्चा नआउने गरेको स्थानीय वृषबहादुर श्रेष्ठ बताउनुहुन्छ ।

२०३० सालदेखि उदयपुरमा विमानस्थल बनाउने भनेर योजना अघि बढाइएको भए पनि गाईघाटको हवाई फिल्ड साँघुरो हुनुका साथै बस्ती उठाउन नसकिने भएकाले पछि जग्गा खोजी गर्दै जाँदा त्रियुगा नपा–१ र २ को सामुदायिक वन क्षेत्रको बाँझो जग्गामा उक्त विमानस्थल निर्माण गर्ने सर्वदलीय निर्णय अनुसार काम अगाडि बढेको हो । छ वर्षअघि त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीका पालामा स्थानीय सरकारको योजनाका रूपमा तत्कालीन प्रदेश १ का पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतमार्फत प्रदेश सरकारबाट स्वीकृति प्राप्त गरी सङ्घीय सरकारमा योजना पेस भएको थियो । हालसम्ममा विमानस्थल निर्माणको काम बजेट व्यवस्थापन हुन नसक्दा अलमलमा परेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...