उत्तर कोरियाद्वारा विस्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण

Published on

काठमाडौँ । प्योङयाङबाट फोहोर बोकेका दर्जनौँ बेलुन दक्षिण कोरियामा पठाएको केही दिनपछि उत्तर कोरियाले एकै पटक धेरै सङ्ख्यामा विस्फोटक पदार्थ बोक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएका छन् । प्योङयाङले हतियार परीक्षणलाई तीव्रता दिएको छ । दक्षिण कोरियाका अधिकारकर्मीले उत्तरतर्फ पठाएका मानव अधिकार सुरक्षासम्बन्धी सन्देशसहितका बेलुन पठाएको प्रतिशोधस्वरूप प्योङयाङले दक्षिण कोरियामाथि फोहोरले भरिएको बेलुनहरू पठाएको थियो ।

बेलुनले सियोलको प्रमुख हब इन्चोन विमानस्थललाई बुधबार बन्द गर्न बाध्य बनाएको थियो र लगातार प्रक्षेपणहरूको प्रतिक्रियामा, दक्षिणले तनाव कम गर्ने सैन्य सन्धिलाई पूर्णरूपमा निलम्बन गरेको छ र सीमा नजिकै प्रोपोगान्डा लाउडस्पीकर प्रसारण र प्रत्यक्ष–फायर अभ्यास पुनः सुरु गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी ९केसीएनए० का अनुसार उत्तर कोरियाले ‘व्यक्तिगत मोबाइल वारहेडको पृथक्करण र मार्गदर्शन नियन्त्रण परीक्षण सफलतापूर्वक सम्पन्न गरेको’ दाबी गरेको छ ।

अघिल्लो दिन गरिएको परीक्षणका क्रममा ’छुट्टाछुट्टै मोबाइल वारहेडलाई सही तरिकाले तीन वटा ‘कोअर्डिनेट टार्गेट’मा डोर्‍याइएको बताइएको छ । केसीएनएले भनेको छ, “यो परीक्षण एमआईआरभी क्षमता सुरक्षित गर्ने उद्देश्यले गरिएको हो । यसमा धेरै स्वतन्त्र रूपमा टार्गेट गर्न सकिने रिएन्ट्री भेहिकल टेक्नोलोजी वा एउटै ब्यालेस्टिक क्षेप्यास्त्रमा धेरै वारहेड प्रहार गर्ने क्षमता उल्लेख गरिएको छ ।

दक्षिण कोरियाली सेनाले यसअघि बुधबार उत्तर कोरियाले गरेको परीक्षण हाइपरसोनिक क्षेप्यास्त्रको जस्तो देखिएको बताएको थियो । उक्त क्षेप्यास्त्रबाट सामान्यभन्दा बढी धुवाँ निस्केको देखिएको र यसले दहनको समस्या निम्त्याउने सम्भावना बढेको अधिकारीहरूले बताएका छन् । केसीएनएका अनुसार यो परीक्षण १७० देखि २०० किलोमिटरको परिधिभित्र मध्यम दूरीको ठोस इन्धन ब्यालिस्टिक क्षेप्यास्त्रको पहिलो चरणको इन्जिन प्रयोग गरेर गरिएको थियो ।

उत्तर कोरियाले लगातार तीन दिनदेखि सयौँ फोहोर बोक्ने बेलुन दक्षिणतर्फ उडाएको छ । सियोलको सेनाले बिहीबार बिहानसम्म उत्तरी ग्योन्गी प्रान्त र सियोल क्षेत्रमा करिब ७० वटा बेलुन अवतरण भइसकेका जनाएको छ ।

“करिब १० किलोग्राम तौल भएका बेलुनहरू द्रुत गतिमा तल झर्दा खतरा हुन्छ,” उसले भनेको छ । पछिल्ला बेलुनहरूको प्रतिक्रिया ‘रणनीतिक र परिचालन स्थितिको आधारमा लचिलो हुनेछ । यो उत्तर कोरियाको गतिविधिमा निर्भर गर्छ,” विज्ञप्तिमा भनिएको छ । दक्षिण कोरियाको मरिन कोरले बुधबारदेखि पश्चिमी अन्तरकोरियाली सीमा नजिकका टापुहरूमा प्रत्यक्ष फायर अभ्यास पुनः सुरु गरेको छ । सन् २०१८ मा उत्तर कोरियासँगको तनाव कम गर्ने सैन्य सम्झौता पछि यो अभ्यास पहिलो पटक सुरु गरिएको हो । रासस/एएफपी

spot_img

ताजा समाचार

भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार ३९९ पुग्यो, ५ हजार १७९ अझै बेपत्ता

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ...

यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत...

शेयर बिक्रीमा लाग्ने अग्रिम कर घट्यो

सरकारले धितोपत्र बजारमा सूचीकरण भएका कम्पनीको शेयर बिक्रीबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम...

राष्ट्रपति पौडेलद्वारा नेपाल विशेष सेवा विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जनाउने सम्बन्धी विधेयक,...