चरा संरक्षण र बासस्थान व्यवस्थापनको जरुरी

Published on

काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिका–६ मा रहेको पुरैनी तालमा चराको संरक्षण र तिनको बासस्थान व्यवस्थापन गर्न जरुरी देखिएको छ । सो तालमा चराको शिकार हुने गरेकाले संरक्षण जरुरी देखिएको हो । यसैगरी, मिचाहा प्रजातिका झारपातको कारणले चराको बासस्थान पनि विनाश भइरहेको छ । बासस्थानको व्यवस्थापन गर्न आवश्यक देखिएको छ । चराविद हिरुलाल डङ्गौराले चराको शिकार र बासस्थानको विनाश पुरैनी तालमा मुख्य चुनौतीको रूपमा देखिएको बताउनुभयो । उहाँले चराको बासस्थान व्यवस्थापनका साथै सो तालमा चराको चोरी शिकार नियन्त्रण गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

३० बिघा क्षेत्रफलमा फैलिएको पुरैनी तालमा अहिले हिउँदे आगन्तुकदेखि लिएर स्थानीय जलपन्छीको चहलपहल निकै बढेको छ । पुरैनीमा ५५ प्रजातिका जलपन्छी पाइने गरेका छन् । जलपन्छीका लागि स्वर्गको रूपमा रहेको पुरैनी ताल र त्यहाँ रहेका चराको संरक्षण गर्न जरुरी रहेको भारतबाट चरा अवलोकनका लागि आएका चराप्रेमीहरूको भनाइ छ । भविष्यका पिंढीका लागि पन्छी र ताल दुवै जोगाउनु पर्ने उहाँहरूले औंल्याउनुभएको छ । एनिमल वेलफेयर बोर्ड अफ इन्डिया एवम् नेसनल एनिमल वेलफेयर काउन्सिलका सदस्य समाप्रसन्न सेनले पुरैनी ताल र चराको नेपाल सरकारले संरक्षण गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

“प्रकतिले जे कुरा हामीलाई दिएको छ, त्यसको विनाश नगरौं”, उहाँले थप्नुभयो, “यहाँ रहेको चरा, जलीय वनस्पति, जीव र माछालाई जोगाउनु पर्दछ ।” चैनको जीवन बाँच्नका लागि १३–१४ हजार किलोमिटर पार गरेर साइबेरियन चरा पुरैनीमा पुगेको भन्दै सेनले चरालाई मार्न नहुने उहाँको भनाइ छ । सेनले अगाडि थप्नुभयो, “यी चरा हाम्रो धरोहर हुन । चराको भविष्यका लागि पनि जोगाउनु पर्छ ।”

चरा संरक्षणका लागि स्थानीयलाई जागरुक बनाउन आवश्यक रहेको चराप्रेमीहरूको भनाइ छ । चराहरूको कुनै भुगोल, नक्सा नहुने गरेकाले प्रत्येक वर्ष निर्वाध रूपमा आउने, रमाउने, जाने, फेरि आउने वातावरण बनाउन आवश्यक रहेको भारतको साजाँहपुरबाट आउनु भएका चराप्रेमी डा। अभिनव सक्सेनाले बताउनुभयो । “नेपाल सरकारले यसको संरक्षण गरोस्” उहाँले भन्नुभयो ।

पुरैनी तालमा चरा अवलोकनका लागि सरकारले भ्युटावर निर्माण गरेर सहज रूपमा चरा हेर्ने वातावरण बनाइ दिन पनि चराप्रेमीले आग्रह गरेका छन् । “मान्छेहरू यहाँ आएर चरा हेर्छन् भने चराहरूप्रति उनीहरूको स्नेह, माया अझ बढ्ने छ” सेनले भन्नुभयो, “यसले चरा संरक्षणमा सहयोग पुग्न सक्छ ।”

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...