प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्दै सुदूरपश्चिम

Published on

काठमाडौँ । साढे ३१ लाख रुपियाँ बढी खर्चेर सुदूरपश्चिम प्रदेश सभाका सदस्यका लागि ल्यापटप खरिद हुँदैछ। प्रदेश सभा सचिवालयले ४३ जना प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप गरिद गर्न लागेको हो। प्रदेश सभा सदस्यको कामकारबाहीलाई सहज र प्रविधिमैत्री बनाउनका लागि प्रदेश सभा सचिवालयले नयाँ दिने जनाइएको छ। प्रदेश सभा सचिवालयले लेनेभोको आई–५ एसेसोरिज भएको ४३ थान ल्यापटप खरिदका लागि फर्मसमेत छनोट गरिसकेको छ। ल्यापटप खरिदका लागि माघ १५ गते बोलपत्र आह्वान गरेको थियो। आठ बोलपत्र दर्ता भएकोमा सबैभन्दा कम अङ्क कबोल गर्ने धनगढीकै उग्रतारा ट्रेडिङ एण्ड सप्लायर्सको बोलपत्र छनोट भएको छ। सो फर्मले ३१ लाख ८२ हजार ६४५ रुपियाँ ९मूल्य अभिवृद्धि करसहित० मा ४३ थान ल्यापटप उपलब्ध गराउने कबोल गरेको छ।

बोलपत्र छनोट भइसकेकाले अब चाँडै नै ल्यापटप खरिद हुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य रहेकोमा १० जना सरकारमा हुनुहुन्छ। मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्रीबाहेकका प्रदेश सभा सदस्यका लागि प्रदेश सभा सचिवालयले नयाँ ल्यापटप खरिद गर्न लागेको हो। यसअघि, अघिल्लो प्रदेश सभाका सदस्यलाई पनि ल्यापटप दिइएको थियो। प्रदेश सभा सचिवालयले आई–३ एसेसोरिज भएको लेनेभोकै ४६ थान ल्यापटप खरिद गरेर आफ्ना सदस्यलाई दिएको थियो। सो ल्यापटप पुरानो भएको र धेरैजसो नचल्ने बनेका जनाइएको छ। यसैगरी, कतिपय प्रदेश सभा सदस्यले ल्यापटप फिर्ता नगरेका जनाइएको छ। पाँच वर्षे कार्यकाल सकिएपछि धेरैजसोले प्रदेश सभालाई नै ल्यापटप फिर्ता गरे पनि १२ जनाले अहिलेसम्म ल्यापटप फिर्ता नगरेको जैसीले जानकारी दिनुभयो।

पुरानो ल्यापटपको कतिपयको डिसप्ले गएका जनाइएको छ। केही नचल्ने भएका छन्। चलेकाहरु पनि ढिलो चल्ने गरेको बताइएको छ। “अघिल्लो पटक खरिद गरिएको ल्यापटप पुरानो जेनेरेसनको रहेको र धेरैजसो नचल्ने भएकाले समयानुसार नयाँ जेनेरेसनको ल्यापटप खरिद गर्न लागिएको हो”, जैसीले भन्नुभयो। प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप खरिद गर्ने कार्य अगाडि बढाएपछि पहिलेको ल्यापटप हुँदाहुँदै फेरि ल्यापटप खरिद गर्न थालेको भन्दै विरोधको स्वर पनि सुनिएको थियो।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...