दुई विद्यालयमा दश लाखको अक्षयकोष

Published on

काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिका–४,ओखरबोटस्थित ओखरबोट माविमा दिवङ्गत आफन्तको सम्झनामा पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको छ । ओखरबोटका स्व। कलबिर पुनको स्मृति तथा सम्मानमा परिवारले सो अक्षयकोष स्थापना गर्नुभएको हो । पूर्व गोर्खा सैनिक समेत रहनुभएका स्व. कलबिरकी श्रीमति भीमसरा पुन, छोराहरु इन्द्रबहादुर पुन, यामबहादुर पुन, उदारबहादुर पुन र सोमबहादुर पुनलगायत बुहारी र नातिनातिनाले अक्षयकोष स्थापनाका लागि सहयोग गर्नुभएको विद्यालयका प्रअ नविन कार्कीले जानकारी दिनुभयो ।

कलबिरको गत माघ २ गते बेलायतमा निधन भएको थियो । गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले स्थापना भएको कोषलाई कलबिर स्मृति छात्रवृत्ति अक्षयकोष नामाकरण भएको छ । कलविरका परिवारका सदस्यहरुले मङ्गलबार विद्यालयमा आयोजित कार्यक्रममा अक्षयकोषको रकम हस्तान्तरण गर्नुभयो । यसैगरी, अन्नपूर्ण गाउँपालिका–३, दानास्थित ज्ञान प्रकाश नमुना माविको अक्षयकोषलाई पनि दानाका स्व. बुवा हस्तबहादुर पुर्जा मगरको सम्झनामा चार छोरीहरुले पाँच लाख ५५५ रुपियाँ सहयोग गर्नुभएको छ । विद्यालयका प्रअ शान्तबहादुर नेपालीका अनुसार , छोरीहरु यामकुमारी पुर्जा गुरुङ, राजकुमारी तिलिजा, डिलकुमारी पुर्जा र शर्मिला पुर्जा गुरुङले उक्त रकम विद्यालयमा स्थापित शिक्षा बिकास अक्षयकोषलाई सहयोग गर्नुभएको हो । सोही अवसरमा उहाँहरुले उक्त विद्यालयमा उत्कृष्ट हुने दुई छात्रा/छात्रलाई वार्षिक बीस हजार रुपियाँको पुरस्कार घोषणा गरेर सहयोग गर्नुभएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...