गुडिरहेको कारमा आगलागी

Published on

काठमाडौँ । सर्लाहीको बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा एउटा कारमा आगलागी भएको छ । नयाँ वर्षको अवसरमा बागमती नगरपालिका–१२, स्थित ताल परिसरमा घुमफिरका लागि आएका मानिस सवार ना. ५ च २३३२ नम्वरको कारमा आफैँ आगलागी भएको हो । कारमा आगलागी सुरु हुनासाथ भित्र रहेका मानिसहरुले तत्काल बाहिर निस्किएर ज्यान जोगाएको प्रहरीले जनाएको छ । कारमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा निभाइएको हो । हरिवन नगरपालिकाबाट दमकल मगाइएको भए पनि नयाँरोडसम्म दमकल पुुग्दा बालुवा र पानी हालेर आगो निभाउन सफल भएकाले दमकलाई बिच बाटोबाटै फिर्ता पठाइएको इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी नायब निरीक्षक सुवास यादवले जानकारी दिनुुभयो । प्रहरी नायब निरीक्षकका अनुसार आगलागीबाट कारको अघिल्लो भाग, इन्जिन र सिसामा क्षति पुुगेको छ । आगलागीबाट क्षतिग्रस्त कार ताल परिसरमै किनारा लगाएर राखिएको कर्मैया प्रहरीले जनाएको छ । गुडिरहेको कारमा आगलागी हुनुको कारण खुल्न सकेको छैन ।

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...