कञ्चनजङ्घा बेस क्याम्पमा साइक्लिङ

Published on

काठमाडौँ । कञ्चनजङ्घा आधार शिविर (बेस क्याम्प) क्षेत्रमा पहिलो पटक साइक्लिङ गरिएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजङ्घाको दक्षिणी आधार शिविर छेउको ओक्ताङ क्षेत्रमा पहिलो पटक साइक्लिङ गरिएको हो । सिरिजङ्घा गाउँपालिकाले आयोजना गरेको सिरिजङ्घा पर्यटन महोत्सव २०८२ को अवसरमा चार जना राइडरले पालिकाको याम्फुदिनस्थित थुङगिमदेखि ओक्ताङसम्म सफलतापुर्वक साइक्लिङ गरेका हुन् । धरान माउन्टेन बाइक नेटर्वकका सञ्चालक अविशेक मादेन, अनिष तामाङ, दिपसागर तामाङ र निमा शेर्पाले नयाँझोरेनी–तरुङदेन–चाइराम–रामजेर हुँदै ओक्ताङको सम्मको पैदलमार्गमा साइक्लिङ गरेका छन् ।

कञ्चनजङ्घा हिमालको भ्यू पोइन्ट मानिएको करिब चार हजार आठ सय मिटर उचाइमा अवस्थित ओक्ताङदेखि पुन नयाँ थुङगिमसम्मको पदमार्गमा साइक्लिङ गरेका हुन् । गाउँपालिकाले कञ्चनजङ्घा हिमालमा आरोही तथा अवलोकनकर्ताको सङ्ख्या वृद्धि गर्न साइक्लिङ गरेको जनाएको छ । यात्रा सम्पन्न गरेपछि राइडर मार्फत पालिकाले थप विकासका लागि सल्लाह सुझाव समेत माग गरेको थियो । अनुभव राइडरहरूले दिएको सुझावको आधारमा थप स्तरोन्नति गर्ने र आगामी दिनमा प्रतिष्पर्धात्मक साइक्लिङ गर्ने तयारी समेत थाल्ने पालिकाको योजना रहेको छ ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...