भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

Published on

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र पाकिस्तानलाई सैन्य संयमित हुन आह्वान गर्नुभएको छ । राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसले आफ्ना प्रवक्ताले जारी गरेको एक पत्रमा नियन्त्रण रेखा र पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । “विश्वले भारत र पाकिस्तानबीच सैन्य टकराव सहन सक्दैन,” पत्रमा भनिएको छ। सोमबार राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले दक्षिण एसियाका दुई छिमेकी मुलुकबीचको तनाव ‘केही वर्षयताकै उच्च’ स्थितिमा पुगेको चेतावनी दिनुभएको थियो ।

उहाँले दुवै सरकारलाई तनाव कम गर्न र कूटनीतिलाई बढावा दिनको लागी आफू मातहतका कार्यालयहरूको निर्देशन दिँदै ‘सैन्य समाधान कुनै समाधान नभएको’ बताउनुभयो । गुटेर्रेसले अप्रिल २२ मा पहलगाममा भएको आतङ्कवादी आक्रमणको पुनः एकपटक कडा शब्दमा निन्दा गर्नुभएको छ । उहाँले भन्नुभयो, “सर्वसाधारणलाई निशाना बनाउनु अस्वीकार्य छ र घटनाका लागि जिम्मेवार व्यक्तिहरूलाई विश्वसनीय र कानुनी माध्यमबाट न्यायको कठघरामा ल्याउनुपर्छ। गत अप्रिल २२ मा भारत प्रशासित काश्मिरको पहलगाममा पर्यटकमाथि भएको घातक आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...