बीपी राजमार्गको क्षतिग्रस्त खण्ड छिटो सञ्चालनमा ल्याउन मन्त्री घिसिङको निर्देशन

Published on

काठमाडौं — भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढीले क्षति पु¥याएको बीपी राजमार्गको चौकीडाँडा खण्ड छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ।

सङ्घीय राजधानी काठमाडौंलाई बागमती, मधेश र कोशी प्रदेशसँग जोड्ने यो राजमार्ग अत्यन्तै महत्वपूर्ण “लाइफ लाइन” भएकाले यसको पुनः सञ्चालनलाई प्राथमिकता दिनुपर्ने मन्त्री घिसिङको भनाइ छ। रोशी खोलाले सडक बगाएपछि अनुगमनका लागि घटनास्थल पुग्नुभएका मन्त्री घिसिङले सडक विभागका अधिकारी तथा निर्माण व्यवसायीलाई तत्काल डाइभर्सनमार्फत सडक सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको हो।

उहाँसँगै मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसी लगायतको टोलीले चौकीडाँडालगायत बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका थिए।

बाढीले करिब ४ किलोमिटर सडक पूर्ण रूपमा बगाएपछि अहिले अस्थायी डाइभर्सन निर्माण गरी आवागमन सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

यसअघि पनि गत वर्षको बाढीले बीपी राजमार्गको भकुण्डे–नेपालथोक खण्डमा ठूलो क्षति पुर्‍याएको थियो। ती क्षतिग्रस्त भागमध्ये केही खण्डको पुनर्निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ भने केही खण्ड अन्तिम सम्झौता प्रक्रियामा छन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...