सुनको मूल्यमा उछाल, एक तोलामा रु १,२०० ले वृद्धि

Published on

काठमाडौं — अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको छ। बुधबारको तुलनामा आज (बिहीबार) एक तोला सुनको मूल्य रु १,२०० ले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार रु २,३८,००० मा कारोबार भएको सुनको मूल्य आज बढेर रु २,३९,२०० कायम भएको हो।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार एक तोला चाँदी रु २,९५५ मा कारोबार भएकोमा आज त्यो मूल्य बढेर रु ३,०२५ पुगेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४,०५५ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...