रास्कोट नगरपालिकाले फेरि थप्दै करारका कर्मचारी

Published on

काठमाडौं । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले संघ तथा प्रदेश सरकारको निर्णय अवज्ञा गर्दै आएको छ । कर्णाली प्रदेश सरकारले ऐन मार्फत गरेको निर्णय उल्लङ्घन गरेको रास्कोट नगरपालिकाले पछिल्लो समय जनेजी विद्रोह पछि गठन भएको सुशिला कार्की नेतृत्वको सरकारले गरेको परिपत्रलाई समेत अवज्ञा गरेको पाइएको छ ।

रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीको निर्देशनमा नगरपालिका भित्रका विभिन्न ठाउँमा विकासे बजेट खर्च हुने गरेर करारका कर्मचारी भर्ति गर्दै आएको छ । माथिल्लो सरकारको निर्देशन र ऐन विपरित नगरप्रमुख शाहीको हालिमुहाली चरिहेको छ भने कर्मचारी समेत नगर प्रमुखका यासम्यान भइरहेका छन् । रास्कोट नगरपालिकाले हालै मात्र नगर प्रहरीमा ठुलो सङ्ख्यामा करार कर्मचारी भर्ना गरेको पाइएको छ ।

नगरपालिकाले कात्तिक २१ गते जारी गरेको परीक्षाको अन्तीम सुचनामा विज्ञापन नं ०२/२०८२/२०८३ र ०३/२०८२/८३ को २०८२ भदौ ११ मा  सार्वजनिक सूचना अनुसार विभिन्न चरणमा सञ्चालित शारीरिक तथा लिखित परीक्षा र यही कात्तिक २१ गतेको निर्धारित समयमा सञ्चालित अन्तर्वार्ता समेतको प्राप्तङ्गकको अधारमा देहायको योग्यताक्रम कायम हुन आएकाले तपशिल बमोजिमका सफल उम्मेदवारको अन्तिम नजिता प्रकाशित गरिएको उल्लेख छ ।

उक्त सूचनामा दुई जना नगर प्रहरी हवल्दार र सात जना नगर प्रहरी जवान गरी नौ जनालाई नगर प्रहरीमा उत्र्तीण गरी करार सेवामा नियुक्त गरिएको छ । साथै नगरपालिकाले जनस्वास्थ्य अधिकृत सातौ तहको पदमा पनि एक जनालाई नियुक्त गरेको छ । विज्ञापन नं ०१/२०८२/२०८३ को ०८२ भदौ ११  कै सूचना अनुसार कात्तिक २१ गतेको लिखित परीक्षा र २३ गतेको अन्तर्वार्ताका सफल उम्मेदवारले सात दिन भित्र निरोगिताको प्रमाण पत्रसहित नियुक्तिका लागि सम्पर्क गर्न सूचना गरेको छ । यस अघि कर्णाली प्रदेश सरकार स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ बमोजिम कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करार सेवामा नियुक्त गर्न नपाइने उल्लेख छ ।

उक्त ऐन विपरित रास्कोट नगरपालिकाले भदौ यता नौ जना नगरप्रहरी र एक जना जनस्वास्थ्य अधिकृत सातौ तहमा गरी जम्मा थप दस जना करारमा कर्मचारी नियुक्त गरेको छ । यस अघि नगरपालिकाले एक जना नगर प्रहरी हवल्दारसहित १५ जना नगर प्रहरी नियुक्त गरेको थियो । नगरपालिकाले प्रदेशको ऐनलाई छलेको थियो नै संघ सरकारको निर्णयलाई समेत अवज्ञा गरेको कर्मचारीकै भनाइ रहेको छ । नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले भन्नुभयो, ‘‘अरु स्थानीय तहमा करारका कर्मचारीलाई हटाइरहेका बेला रास्कोट नगरपालिकामा भर्ति चलिरहेको छ ।’’

निर्देशन र ऐन अनुसार सबैले चल्नु पर्ने होला तर हाम्रो नगरपालिकाको छुट्टै प्रक्रिया छ तीन कर्मचारीले गुनासो गर्नुभयो । अहिले नयाँसहित रास्कोटमा स्वास्थ्य र अन्य सेवाका गरी दुई सय जना करारका कर्मचारी छन् ।

यता प्रशासन शाखा प्रमुख डम्बर महाराले विवरण दिनका लागि आफुले हाकिमसँग सम्पर्क गर्नु पर्ने भन्दै विवरण दिन मान्नुभएन ।

उता सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख हुकुम शाहीले नगर अस्पतालदेखि विभिन्न वडा र नगरपालिकामा गरी दुई सयभन्दा बढि करारका कर्मचारी रहेको र विद्यालयमा १५० को हाराहारी गरी जम्मा ३५० जना कर्मचारी करारमा रहेको बताउनुभयो । अस्पतालमा दरवन्दी नभएकाले सबै करारका कर्मचारी हुन् । अन्य ठाउँमा पनि करारका कर्मचारी रहेकाले सङ्ख्या अझै बढ्ने शाहीको भनाइ छ । 

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाहीले आफु भर्खर आएकाले सबै कर्मचारीको सङ्ख्या लिन नपाएको बताउनुभयो । लामो समय निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गर्नु भएका जवानसिहं बमले आफुलाई पनि सङ्ख्या एकिन नभएको प्रतिक्रिया दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...