मतदाता नामावली दर्ता : थपिए पैँतालिस हजार मतदाता

Published on

काठमाडौं । लुम्बिनी प्रदेशभरिमा डेढ महिनाको अवधिमा ४५ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा असोजको १२ गतेदेखि हालसम्म ४५ हजार ४८८ जना नयाँ मतदाता थपिएका हुन्  ।  लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले लुम्बिनीमा सबैभन्दा धेरै रुपन्देहीमा १० हजार ५३७ जना मतदाता थपिएको जानकारी दिनुभयो । जसमा पाँच हजार ९५६ पुरुष र चार हजार ५८१ जना महिला मतदाता रहेका छन् । 

बाँकेमा नौ हजार ४७३ जना नयाँ मतदाता थपिएका छन् । त्यसै गरी कपिलवस्तुमा पुरुष दुई हजार ८७८ जना, महिला तीन हजार ५१ जना र एक जना अन्य गरेर पाँच हजार ९३० जनाले नयाँ नाम दर्ता गराएका छन् । त्यसै गरी दाङमा पुरुष दुई हजार ८४२ जना, महिला दुई हजार ८८ जना र दुई जना अन्य गरेर चार हजार ९३२ जना, नवलपरासी पश्चिममा पुरुष दुई हजार ७०३ जना, महिला दुई हजार २२४ जना र एक जना अन्य गरेर चार हजार ९२८ जना नयाँ मतदाता थपिएका छन् । 

बर्दियामा एक हजार १३६ जना पुरुष र ९२६ जना महिला गरेर दुई हजार ५९ जनाले नयाँ नाम दर्ता गराएका छन् । त्यसै गरी गुल्मीमा पुरुष एक हजार ४५६ जना र महिला एक हजार २५ जना गरेर जम्मा दुई हजार ४८१ जना, अर्घाखाँचीमा पुरुष एक हजार ६२ जना र महिला ६१९ जना गरेर एक हजार ६८१ जना, पाल्पामा पुरुष ६७० जना र महिला ९१५ जना गरेर एक हजार ५८५ जना नयाँ मतदाता थपिएका छन् । 

त्यसै गरी रोल्पामा पुरुष ३७३ जना र महिला २७३ जना गरेर जम्मा ६४६ जना, रुकुमपूर्वमा पुरुष १६२ जना र महिला १२८ जना गरेर जम्मा २९० जना नयाँ मतदाता थपिएका छन् । मतदाता नामावली दर्ताको काम निरन्तर भइरहेकाले नयाँ मतदाताको तथ्याङ्क बढ्न सक्ने आकलन गरिएको छ ।  गोरखापत्र  

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...