रामग्राम स्तुपा क्षेत्रमा आउन थाले पर्यटक

Published on

काठमाडौं । भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल पश्चिम नवलपरासीको रामग्राम स्तुपामा गत दश महिनाको अवधिमा १५ हजार ३८ जना विदेशी पर्यटक तथा बुद्ध धर्मावलम्बीले भ्रमण गरेका छन् । संरक्षण अभावमा ओझेलमा पर्दैआएको स्तुपा क्षेत्रमा आन्तरिक सँगै बाह्य पर्यटकको चहलपहल बढेको हो । सन् २०२५ को जनवरीदेखि अक्टोबरसम्मको तथ्याङ्कअनुसार सबैभन्दा बढी थाइल्यान्ड बाट ६ हजार ६ सय ६८ र सबै भन्दा कम फ्रान्सबाट एक जना पर्यटकले भ्रमण गरेको रामग्राम विकास कोषले जनाएको छ । यस अवधिमा बौद्धमार्गीको बाहुल्य रहेको चीनबाट २ हजार ३ सय २७, म्यानमारबाट १ हजार २ सय ६०, भियतनामबाट १ हजार २ सय १४, दक्षिण कोरियाबाट ७ सय ९६,  भुटानबाट ३ सय ५८ जना धार्मिक पर्यटक आएका छन् । 

बौद्ध धर्मावलम्बीका लागि लुम्बिनीपछिको महत्वपूर्ण स्थल मानिने रामग्राम स्तुपा क्षेत्रमा अहिले ध्यान गर्न बौद्धमार्गीहरू प्रशस्त आउने गरेका छन् । पछिल्लो समय स्तुपाको विषयमा प्रचार–प्रसार हुँदै गएपछि लुम्बिनी आएका पर्यटकहरू रामग्रामसम्म आउन थालेको स्थानीय राधेरमण पाण्डेले बताउनुभयो ।  धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित ऐतिहासिक रामग्राम स्तुपामा आउने बाह्य पर्यटकको तथ्याङ्क यसअघि राख्ने गरिएको थियो । चालु वर्षबाट नगरपालिकाले गठन गरेको रामग्राम विकास कोषले विदेशी पर्यटकको तथ्याङ्क राख्न थालेको रामग्राम नगरपालिकाका नगर प्रमुख तथा कोषका अध्यक्ष धनपत यादवले बताउनुभयो । लुम्बिनी विकास कोष मातहत रहेको स्तुपा क्षेत्रको विकासका लागि स्थानीय तहले अपेक्षाकृत काम गर्न नपाएको नगर प्रमुख यादवको भनाइ छ । 

नगरपालिकाले अहिले स्तुपाको मुख्य क्षेत्र परिसरमा तारबार गरेको छ । रामग्राम स्तुपा गौतम बुद्धको महापरिनिर्वाणपछि अस्तुलाई आठ भागमा विभाजन गरिएको थियो । अन्य स्थानको उत्खनन गरेर आठ हजार भागमा विभाजन गरिएको भए पनि रामग्रामको अस्तु हालसम्म उत्खनन गरिएको छैन । गारखापत्र 

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...