टी–२० विश्वकप छनोट : नेपाल समूह ‘बी’ मा, २६ खेलाडी बन्द प्रशिक्षणमा

Published on

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनौटका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले २६ सदस्यीय प्रारम्भिक नेपाली टोली सार्वजनिक गरेको छ। बिहीवार क्यानले सूची सार्वजनिक गर्दै शुक्रवारदेखि मुलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु हुने जानकारी दिएको हो। क्यानले घोषणा गरेको प्रारम्भिक टोलीमा इन्दु बर्मा, रुबिना क्षेत्री, सीता रानामगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो र कविता कुँवर छन्।

त्यस्तै साना प्रविन, अलिशा यादव, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी पनि प्रारम्भिक टोलीमा परेका छन्। आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमा हुन लागेको ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन्। टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘बी’ मा पर्दछ, जहाँ बङ्गलादेश, नामिबिया, नेदरल्यान्ड र पपुवा न्युगिनी छन्। समूह ‘ए’ मा आयरल्यान्ड, स्कटल्यान्ड, थाइल्यान्ड, अमेरिका र जिम्बावे रहेका छन्।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...