टी–२० विश्वकप छनोट : नेपाल समूह ‘बी’ मा, २६ खेलाडी बन्द प्रशिक्षणमा

Published on

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनौटका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले २६ सदस्यीय प्रारम्भिक नेपाली टोली सार्वजनिक गरेको छ। बिहीवार क्यानले सूची सार्वजनिक गर्दै शुक्रवारदेखि मुलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु हुने जानकारी दिएको हो। क्यानले घोषणा गरेको प्रारम्भिक टोलीमा इन्दु बर्मा, रुबिना क्षेत्री, सीता रानामगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो र कविता कुँवर छन्।

त्यस्तै साना प्रविन, अलिशा यादव, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी पनि प्रारम्भिक टोलीमा परेका छन्। आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमा हुन लागेको ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन्। टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘बी’ मा पर्दछ, जहाँ बङ्गलादेश, नामिबिया, नेदरल्यान्ड र पपुवा न्युगिनी छन्। समूह ‘ए’ मा आयरल्यान्ड, स्कटल्यान्ड, थाइल्यान्ड, अमेरिका र जिम्बावे रहेका छन्।

spot_img

ताजा समाचार

अविरल वर्षाका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौँ – अविरल वर्षाका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । नाम्सीखोला...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ-  सङ्घीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

पितृ सम्झने पर्व सोह्रश्राद्ध सुरु, पशुपतिनाथमा तर्पण र पिण्डदान गर्नेको चहलपहल

काठमाडौं – हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित...