प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

Published on

काठमाडौं । पुस १५  गते । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले  सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “यी पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् । सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् ।” गोरखापत्र

spot_img

ताजा समाचार

देउवा समूहको कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको तयारी तीव्र

काठमाडौँ –  नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको...

कांग्रेस पुरानो पार्टी हो तर फाटेको होइन, यसमा नयाँ जोसका साथ हामी अघि बढ्दै छौँ : शशांक कोइराला

काठमाडौँ – नेपाली कांग्रेस इतर समूहको महाधिवेशन तयारी समितिका संयोजक प्राध्यापक डा. शशांक कोइरालाले...

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री शाह

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किनुभएको...

आज पनि विभिन्न राजमार्ग सञ्चालनमा ल्याउन सकिने अवस्था छैनः प्रहरी

काठमाडौँ - लगातारको वर्षाका कारण देशका मुख्य राजमार्गमा यातायात प्रभावित बनेको छ । वर्षाका...