संग्रहालयको वार्षिक आम्दानी करोडभन्दा बढी

Published on

काठमाडौं । बागलुङ नगरपालिका –४ कुँडुले फेदीस्थित रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर तथा शालग्राम संग्राहलयले एक करोडभन्दा बढी आम्दानी गरेको छ । दुईसय मिटर लामो सुरुङभित्र संग्रह गरिएका १ लाख १५ हजार शालीग्राम अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट १ करोड २२ लाख आम्दानी भएको हो । मन्दिर व्यवस्थापन समितिका सचिव रामकृष्ण सापकोटाका अनुसार, मन्दिरको आम्दानी १ करोड २२ लाख हुँदा ७१ लाख ९९ हजार खर्च छ । शालिग्रामलाई भगवान् विष्णुको अवतारको रुपमा पुजिन्छ । धार्मिक भ्रमणको यात्रादेखि अन्य कामले आउने भारतीय भक्तजनले शालग्राम संग्रहालय रोज्न थालेपछि मन्दिरको आम्दानी बढ्दैगएको छ । पोखरा पर्यटन परिषदको अगुवाइमा गत साता भ्रमणमा आउनुभएका भारतको उत्तरप्रदेश पर्यटन विभागका सहनिर्देशक दिपककुमारसहितको टोलीले शालग्राम संग्रहालयको प्रशंसा गर्दै छुटाउनै नहुने धार्मिक गन्तव्य रहेको बताउनुभयो । 

कुमारले शालग्राम संग्रहालयको विषयलाई भारतमा गएर प्रचार–प्रसार गर्ने र भारतीय पर्यटकलाई पठाउने काममा उत्तरप्रदेश पर्यटन विभाग लाग्ने प्रतिवद्वता जनाउनुभएको थियो । सुरुङभित्र राखिएको शालीग्राम हेर्न आउनेहरुले संख्या वर्षेनी बढ्दैगएको संग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताउनुभयो । ‘‘देशकै प्रसिद्व धार्मिक शक्तिपीठ मुस्ताङको मुक्तिनाथ मन्दिर जानेले त शालग्रामको अनिवार्य दर्शन गर्नुहुन्छ’’ प्रपन्नाचार्यले भन्नुभयो, ‘‘शालीग्रामको महत्व भारत वर्षमा, नेपालको मधेश प्रदेश र मिथिला सभ्यतामा बढी महत्व भएकाले सो क्षेत्रका पर्यटक बढी आउन थालेका छन् ।’’ बागलुङको प्रतीकको रुपमा संग्रहालयको प्रवेशद्वारलाई बाघको मुखाकृति बनाइएको छ । कतिपय भारतीय नेपालको पूर्वदेखि पश्चिम घुम्न १० दिनको प्याकेज बनाएर आउनुहुन्छ । दक्षिण भारतको केरला, आन्द्रप्रदेश, गुजरात लगायतका स्थानबाट बढी भारतीय आउने गरेको संग्रहालयकै तथ्याङ्कमा उल्लेख छ । भारतबाट आउनेले जनकपुर, लुम्बिनी, पशुपति र मुक्तिनाथको यात्रामा शालिग्राम संग्रहालयलाई प्राथमिकतामा पार्नुभएको छ । 

यसैबिच, रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर तथा शालग्राम संग्रहालय व्यवस्थापन समितिको १० औं अधिवेशनबाट समितिको अध्यक्षमा स्वामी ऋषि प्रपन्नाचार्य चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा हरिप्रसाद उपाध्याय, सचिवमा रामकृष्ण सापकोटा र कोषाध्यक्षमा विदुर शर्मा पौडेल, सदस्यमा रामप्रसाद शर्मा, ओमनाथ सापकोटा, इन्द्र श्रेष्ठ, हिमलाल आचार्य, धरणीधर सापकोटा, टीकाराम सापकोटा र गोविन्द पौडेल रहनुभएको छ । अधिवेशनको उद्घाटन गर्दैै मन्दिरका सहयोगदाता तथा समाजसेवी सहदेव राजभण्डारीले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि मन्दिरले महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्नुभयो । कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, पञ्चकोट विकास परिषदका सचिव नारायणप्रसाद आचार्य, वडा सदस्य अर्जुन सापकोटा, कुँडुले माविका अध्यक्ष कृष्णप्रसाद आचार्य र पत्रकार कोपिला कँडेलले धारणा राख्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...