संग्रहालयको वार्षिक आम्दानी करोडभन्दा बढी

Published on

काठमाडौं । बागलुङ नगरपालिका –४ कुँडुले फेदीस्थित रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर तथा शालग्राम संग्राहलयले एक करोडभन्दा बढी आम्दानी गरेको छ । दुईसय मिटर लामो सुरुङभित्र संग्रह गरिएका १ लाख १५ हजार शालीग्राम अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट १ करोड २२ लाख आम्दानी भएको हो । मन्दिर व्यवस्थापन समितिका सचिव रामकृष्ण सापकोटाका अनुसार, मन्दिरको आम्दानी १ करोड २२ लाख हुँदा ७१ लाख ९९ हजार खर्च छ । शालिग्रामलाई भगवान् विष्णुको अवतारको रुपमा पुजिन्छ । धार्मिक भ्रमणको यात्रादेखि अन्य कामले आउने भारतीय भक्तजनले शालग्राम संग्रहालय रोज्न थालेपछि मन्दिरको आम्दानी बढ्दैगएको छ । पोखरा पर्यटन परिषदको अगुवाइमा गत साता भ्रमणमा आउनुभएका भारतको उत्तरप्रदेश पर्यटन विभागका सहनिर्देशक दिपककुमारसहितको टोलीले शालग्राम संग्रहालयको प्रशंसा गर्दै छुटाउनै नहुने धार्मिक गन्तव्य रहेको बताउनुभयो । 

कुमारले शालग्राम संग्रहालयको विषयलाई भारतमा गएर प्रचार–प्रसार गर्ने र भारतीय पर्यटकलाई पठाउने काममा उत्तरप्रदेश पर्यटन विभाग लाग्ने प्रतिवद्वता जनाउनुभएको थियो । सुरुङभित्र राखिएको शालीग्राम हेर्न आउनेहरुले संख्या वर्षेनी बढ्दैगएको संग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताउनुभयो । ‘‘देशकै प्रसिद्व धार्मिक शक्तिपीठ मुस्ताङको मुक्तिनाथ मन्दिर जानेले त शालग्रामको अनिवार्य दर्शन गर्नुहुन्छ’’ प्रपन्नाचार्यले भन्नुभयो, ‘‘शालीग्रामको महत्व भारत वर्षमा, नेपालको मधेश प्रदेश र मिथिला सभ्यतामा बढी महत्व भएकाले सो क्षेत्रका पर्यटक बढी आउन थालेका छन् ।’’ बागलुङको प्रतीकको रुपमा संग्रहालयको प्रवेशद्वारलाई बाघको मुखाकृति बनाइएको छ । कतिपय भारतीय नेपालको पूर्वदेखि पश्चिम घुम्न १० दिनको प्याकेज बनाएर आउनुहुन्छ । दक्षिण भारतको केरला, आन्द्रप्रदेश, गुजरात लगायतका स्थानबाट बढी भारतीय आउने गरेको संग्रहालयकै तथ्याङ्कमा उल्लेख छ । भारतबाट आउनेले जनकपुर, लुम्बिनी, पशुपति र मुक्तिनाथको यात्रामा शालिग्राम संग्रहालयलाई प्राथमिकतामा पार्नुभएको छ । 

यसैबिच, रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर तथा शालग्राम संग्रहालय व्यवस्थापन समितिको १० औं अधिवेशनबाट समितिको अध्यक्षमा स्वामी ऋषि प्रपन्नाचार्य चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा हरिप्रसाद उपाध्याय, सचिवमा रामकृष्ण सापकोटा र कोषाध्यक्षमा विदुर शर्मा पौडेल, सदस्यमा रामप्रसाद शर्मा, ओमनाथ सापकोटा, इन्द्र श्रेष्ठ, हिमलाल आचार्य, धरणीधर सापकोटा, टीकाराम सापकोटा र गोविन्द पौडेल रहनुभएको छ । अधिवेशनको उद्घाटन गर्दैै मन्दिरका सहयोगदाता तथा समाजसेवी सहदेव राजभण्डारीले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि मन्दिरले महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्नुभयो । कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, पञ्चकोट विकास परिषदका सचिव नारायणप्रसाद आचार्य, वडा सदस्य अर्जुन सापकोटा, कुँडुले माविका अध्यक्ष कृष्णप्रसाद आचार्य र पत्रकार कोपिला कँडेलले धारणा राख्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...