पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

Published on

काठमाडौं । जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीले आवेदन दिएका छन् । निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति पर्साले यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरेर दुई हजार ८५२ जना आवेदन माग गरेको थियो । यहाँ नेपाल प्रहरीतर्फ मात्रै पाँच हजार ३९९ जनाको आवेदन परेको छ । सशस्त्र प्रहरीतर्फ ३८५ निर्वाचन प्रहरीको आवेदन माग गरिएकामा माघ १ गतेसम्म ५२१ जनाले आवेदन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले निर्वाचन प्रहरीमा उल्लेखनीय आवेदन परेको जानकारी दिनुभयो । यहाँ पहिलो पटक आवेदन दिने पुरुषको सङ्ख्या तीन हजार १४७ जना रहेका छन् । नयाँ आवेदन दिने महिलाको सङ्ख्या भने ६०३ जना रहेका छन् । निर्वाचन प्रहरीमा विगतमा म्यादी प्रहरीको रूपमा खटिएका ६८७ जना पुरुष र १५३ जना महिलाको आवेदन परेको उहाँले बताउनुभयो । यस्तै, गरी पूर्वसुरक्षाकर्मीको तर्फबाट भने १२ जना पुरुष रहेका छन् भने विदेशी सैनिकबाट अवकाश प्राप्त गरेका एक जना रहेका छन् ।  

सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी मोहन निरौलाले निर्वाचन प्रहरीमा युवादेखि अन्य उमेर समूहको आकर्षण रहेको बताउनुभयो । सशस्त्र प्रहरीतर्फ माघ ३ गतेसम्म आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ । यसैगरी रौतहट जिल्लामा आह्वान गरिएको निर्वाचन प्रहरीमा नेपाल प्रहरी र सशस्त्रतर्फ गरेर छ हजार ७३६ जनाको आवेदन परेको छ । जसमा पाँच हजार ३४८ जना पुरुष र ९३६ जना महिलाको आवेदन परेको छ । रौतहटमा नेपाल प्रहरीतर्फ तीन हजार ४६६ जना र सशस्त्र प्रहरीतर्फ ३८५ जनाको आवेदन माग गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...