सप्तरीमा निर्वाचन प्रहरी पदका लागि सात हजार ४ सय ४४ जनाको आवेदन दर्ता

Published on

काठमाडौं । फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन प्रहरी पदका लागि जिल्लामा सात हजार ४ सय ४४ जनाको आवेदन दर्ता गराएका छन्। नेपाल प्रहरीतर्फ कुल ६ हजार ३ सय २७ जनाले आवेदन दिएकोमा पुरुष पाँच हजार २२ र महिला एक हजार ३ सय ५ जना रहनुभएको छ ।

यसैगरी सशस्त्र प्रहरी तर्फ ९ सय ८३ पुरूष र १ सय ३४ जना महिला गरि एक हजार १ सय १७ जनाले आवेदन दिनुभएको छ । निर्वाचनका लागि नेपाल प्रहरीमा तीन हजार ८ सय ३७ तथा सशस्त्र प्रहरी बल नेपालमा ३ सय ८५ गरि जम्मा चार हजार २ सय २२ जना निर्वाचनलाई लक्षित गरि जिल्लाका लागि निर्वाचन प्रहरी पदका लागि आवेदन माग गरिएको थियोे । निर्वाचनका लागि माघ १ सम्ममा उक्त संख्यामा आवेदन दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रहरी प्रवक्ता डम्बरबहादुर पुरीले बताउनुभयो । नियुक्ति हुने निर्वाचन प्रहरीको पद ४० दिनसम्म रहने भएपनि आवश्यकता अनुसार बढाउन सकिने छ । 

प्रतिदिनको सेवा सुुविधा प्रतिदिन ८ सय ६९ रूपियाँ ४० पैसाका दरले ४० दिनको.३४ हजार ७ सय रूपियाँ पारिश्रमिक दिने जनाएको छ । सेवा सुविधा अन्तर्गत प्रतिदिन ८ सय ६९ रुपियाँ ४० पैसाका दरले ४० दिनको पारिश्रमिक रु. ३४ हजार ७ सय ७६ प्रदान गरिने जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...