राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु

Published on

काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरको राष्ट्रिय सभाको पुरानो भवनमा सुरु भएको अधिवेशनमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सदस्यहरूलाई स्वागत गर्नु भयो ।

उहाँले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनु भयो । त्यसलगत्तै लोकतन्त्रका लागि योगदान पुर्‍याउने सहिदहरूप्रति सम्मानका लागि मौन धारण गरियो । बैठकले सभाका सदस्य वलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । विसं २००८ मा जन्मनुभएका कञ्चनपुर निवासी बोहराको गत पुस ३० निधन भएको थियो । उहाँ विसं २०७० मा संविधानसभा सदस्य र २०८० सालमा राष्ट्रिय सभामा निर्वाचत हुनुहुन्थ्यो । माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रिय सभा स्थायी सदन हो । यस सभामा समाजका विभिन्न क्षेत्रका अनुभवी, प्रबुद्ध व्यक्तिहरूको सहभागिता रहन्छ । राष्ट्रिय सभाका सदस्यहरूको कार्यकाल छ वर्षको हुन्छ । त्यसमध्ये सभाका एक तिहाइ सदस्यको कार्यकाल भने प्रत्येक दुई वर्षमा सकिन्छ । 

हाल राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट (नेकपा) को २५, नेपाली कांग्रेस १६, नेपाल कम्युनिस्ट (एमाले) नौ, जनता समाजवादी पार्टी (जसपा) तीन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक, राष्ट्रिय जनमोर्चाको एक र मनोनीत तीन सदस्य हुनु हुन्छ । यही माघ ११ गते १९ जना नयाँ सदस्य चयनका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभाको अर्को बैठक यही माघ ९ गते शुक्रबार दिउँसो १ः१५ बजे बस्ने छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...