निर्वाचन प्रहरी छनोट सुरु

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीको छनोट सुरु भएको छ । निर्वाचन प्रहरीका लागि आवेदन दिएकाहरुको छनोट सोमबार बिहानदेखि सुरु भएको हो । ताप्लेजुङमा सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा केन्द्रित गराई निर्वाचन प्रहरीको छनोट सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवम् निर्वाचन प्रहरी भर्ना छनोट उपसमिति सदस्य-सचिव आशिस पोखरेलले निर्वाचन प्रहरी एक दिनमा दुई चरणमा छनोटको कार्य सञ्चालन गर्नेगरी प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयाे ।

प्ररही निरीक्षक पोखरेलका अनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो १२ बजेदेखि ३ बजेसम्म निर्वाचन प्रहरी छनोटको कार्य सञ्चालन गरिने छ । सोमबारदेखि सुरु भएको छनोट कार्य बुधबारसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयाे । तीन दिनको छनोट प्रक्रिया सम्पन्न भएपछि निर्वाचन प्रहरीका लागि छनोट भएकाको नियमित तालिम सुरु हुने प्रहरीले जनाएको छ । ताप्लेजुङमा निर्वाचन प्रहरी भर्नाका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घामार्फत आवेदन लिइएको थियो । जिल्लाका लागि तोकिएको ८९२ जनाको कोटामा ९५० जनाको आवेदन परेको छ । उक्त आवेदन दिएका सङ्ख्यामध्येबाट माग अनुसार निर्वाचन प्रहरी छनोट गरिने ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रनाउ गौतमका अनुसार पुस २५ देखि माघ १ गतेसम्म तोकिएको अवधिमा जिल्लामा मागअनुसार आवेदन परेको थिएन । शनिबार र आइतबार दुई दिन निर्वाचन प्रहरी भर्नाको म्याद थप भएपछि उक्त समयमा १४० जनाको आवेदन परेको थियो । उहाँका अनुसार सुरुमा तोकिएको अवधिमा ८१० जनाको मात्र आवेदन परेको थियो । निर्वाचन प्रहरी छनोट प्रक्रियाअन्तर्गत जिल्ला प्रहरी कार्यालयमार्फत ८४६ जना र सशस्त्र प्रहरीमार्फत ४६ जना निर्वाचन प्रहरी छनोट हुने छन् । एकमात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ जिल्लामा ८० वटा मतदान स्थल र १२७ वटा मतदान केन्द्र रहेका छन् । उक्त मतदान स्थल र मतदान केन्द्रमा निर्वाचन सुरक्षार्थ निर्वाचन प्रहरी परिचालित हुने छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...