स्याङ्जामा कांग्रेसबाट ढकाल र मल्ल उम्मेदवार

Published on

काठमाडौं । आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसले क्षेत्र नं –१ मा आँधीखोला गाउँपालिका–६ का भरतराज ढकाललाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं –२ मा चापाकोट नपा –५ का भगवत प्रकाश मल्ललाई उम्मेदवार बनाएको हो ।

ढकाल मुक्तिनाथ विकास बैंकको सीइओ तथा अध्यक्ष बन्नु भएको हो भने निर्वाचनमा पहिलो पटक होमिनु भएको हो । यस्तै, मल्ल यसअघि २०७४ मा प्रदेश सभामा क्षेत्र नं –२(ख)बाट निर्वाचित हुनु भएको थियो । पार्टीले टुङ्गो लगाए पनि पत्र भने नपाएको मल्लले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न

भक्तपुर- नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम एकल गायन प्रतियोगिता-२०८३ चांगुनारायण नगरपालिका वडा नं ८ मा...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

काठमाडौँ । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी घाइते भएका चालकको उपचारका क्रममा मृत्यु...

डेटा सेन्टरमा ह्याकरको आक्रमणपछि सेयर बजार बन्द गर्नुपर्ने अवस्थामा पुग्यो, नियामकले थाल्यो छानबिन

काठमाडौँ । डेटा सेन्टरमा भएको र्‍यान्समवेयर आक्रमणका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर...

बाल संरक्षणदेखि विपद्पछिको सहयोगसम्म, भ्वाइस अफ चिल्ड्रेन–डेनभर विश्वविद्यालय संवाद

काठमाडौं । बाल अधिकार तथा संरक्षणका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘भ्वाइस अफ...