सुदूरपश्चिमको पहाडी क्षेत्रमा वर्षा र हिमपात

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली जिल्लामा यस वर्ष दोस्रो पटक वर्षा र हिमपात भएको छ । बैतडीमा मंगलबार साँझदेखि नै  सतबाँझ, रौलाकेदार क्षेत्र, सिगास, खोडपे, अनारखोली र ढोल्यामोडलगायत उच्च भेगमा बाक्लो हिमपात भएको हो । दोस्रो पटकको वर्षा र हिमपातसँगै गहुँलगायत हिउँदे बाली सप्रिने आशा जागेको छ । लामो समयसम्म पानी नपरेर बाली प्रभावित बनेको अवस्थामा भएको वर्षा र हिमपातले किसानलाई राहत मिल्ने अपेक्षा गरिएको स्थानीय कृषक नरेन्द्र बिष्टले बताउनुभयो । हिमपातका कारण उच्च भेगमा चिसो अत्यधिक बढेको छ भने जनजीवन प्रभावित भएको छ । कतिपय स्थानमा धाराको पानी जम्नुका साथै स्थानीयवासीलाई हिँडडुलमा समेत कठिनाइ भएको सुर्नया ८ ढोल्यामोडका स्थानीय दिनेश बोहराले बताउनुभयो ।

जिल्लामा सञ्चालन भइरहेका खेलकुदका कार्यक्रम, मेला महोत्सव, विद्यालय आवागमन, यातायात लगायतका क्षेत्रमा यस्को प्रभाव परेको स्थानीयले बताएका छन् । यसैबिच सुदूरपश्चिमसँगै देशका अन्य पहाडी जिल्लामा दोस्रो पटक हिमपात भएको छ । दार्जुला जिल्लाका उच्च पहाडी क्षेत्रमा गए रातिदेखि बाक्लो हिमपात भइरहेको स्थानीयहरुले बताएका छन् । हिमपातले जिल्लाका उच्च पहाडी र हिमाली क्षेत्रहरु सेताम्मे छन् । दोस्रो पटकको वर्षा र हिमपातले हिउँदे बाली उत्पादनमा सकारात्मक प्रभाव पार्ने सुदूरपश्चिमका किसानहरूले विश्वास व्यक्त गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...