सुदूरपश्चिमको पहाडी क्षेत्रमा वर्षा र हिमपात

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली जिल्लामा यस वर्ष दोस्रो पटक वर्षा र हिमपात भएको छ । बैतडीमा मंगलबार साँझदेखि नै  सतबाँझ, रौलाकेदार क्षेत्र, सिगास, खोडपे, अनारखोली र ढोल्यामोडलगायत उच्च भेगमा बाक्लो हिमपात भएको हो । दोस्रो पटकको वर्षा र हिमपातसँगै गहुँलगायत हिउँदे बाली सप्रिने आशा जागेको छ । लामो समयसम्म पानी नपरेर बाली प्रभावित बनेको अवस्थामा भएको वर्षा र हिमपातले किसानलाई राहत मिल्ने अपेक्षा गरिएको स्थानीय कृषक नरेन्द्र बिष्टले बताउनुभयो । हिमपातका कारण उच्च भेगमा चिसो अत्यधिक बढेको छ भने जनजीवन प्रभावित भएको छ । कतिपय स्थानमा धाराको पानी जम्नुका साथै स्थानीयवासीलाई हिँडडुलमा समेत कठिनाइ भएको सुर्नया ८ ढोल्यामोडका स्थानीय दिनेश बोहराले बताउनुभयो ।

जिल्लामा सञ्चालन भइरहेका खेलकुदका कार्यक्रम, मेला महोत्सव, विद्यालय आवागमन, यातायात लगायतका क्षेत्रमा यस्को प्रभाव परेको स्थानीयले बताएका छन् । यसैबिच सुदूरपश्चिमसँगै देशका अन्य पहाडी जिल्लामा दोस्रो पटक हिमपात भएको छ । दार्जुला जिल्लाका उच्च पहाडी क्षेत्रमा गए रातिदेखि बाक्लो हिमपात भइरहेको स्थानीयहरुले बताएका छन् । हिमपातले जिल्लाका उच्च पहाडी र हिमाली क्षेत्रहरु सेताम्मे छन् । दोस्रो पटकको वर्षा र हिमपातले हिउँदे बाली उत्पादनमा सकारात्मक प्रभाव पार्ने सुदूरपश्चिमका किसानहरूले विश्वास व्यक्त गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...