स्कुटरको ठक्करबाट घाइते पैदलयात्रुको मृत्यु

Published on

काठमाडौं । स्कुटरको ठक्करबाट घाइते भएका झापा अर्जुनधारा ३ बस्ने ४५ वर्षीय राजन बास्कोटाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दिनअघि भएको दुर्घटनामा गम्भीर घाइते हुनुभएको बास्कोटाको बि एन्ड सी अस्पताल बिर्तामोडमा उपचारका क्रममा शनिबार राति ९ः१० बजे मृत्यु भएको हो ।

माघ २१ गते बिहान ६ः३० बजे अर्जुनधारा ३ गरुवा चोकस्थित बिर्तामोड–खुदुनाबारी सडकखण्डमा बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प. १६७ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेका पैदलयात्री बास्कोटालाई ठक्कर दिएको थियो । मृतकको शव सोही अस्पतालमा रहेको छ । स्कुटर चालक इलाम, माई नगरपालिका ३ बस्ने ३५ वर्षीया अमृता राई र स्कुटर प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

नेक्सस कबड्डी कप २०८३ सम्पन्न

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा सञ्चालन भएको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो...

बाढी प्रभावितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड...

नयाँ प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता...

माइक्रो बसमा अचानक आगलागी

काठमाडौँ । कोहलपुरबाट कैलालीतर्फ गइरहेको ईभी माइक्रो बसमा आइतबार बिहान अचानक आगलागी भएको छ।...