पुल निर्माणको खाल्डोमा मोटरसाइकल खस्दा दाङमा दुईको मृत्यु

Published on

काठमाडौं । घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा पुल निर्माणका लागि खनेको खाल्डोमा मोटरसाइकल खस्दा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेमा रोल्पा त्रिवेणी गाउँपालिका–७ का २८ वर्षीय जीतेन्द्र बुढाथोकी र तुलसीपुर उपमहानगरपालिका–१७ का ३९ वर्षीय कमल वली रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेश बोहराका अनुसार, उनीहरू बिहान साढे नौ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ जाँदै थिए।

मोटरसाइकल खाल्टोमा खस्दा गम्भीर घाइते भएका बुढाथोकी र वलीलाई तत्काल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने प्रयास गरिएको थियो। चिकित्सकहरूले साढे १० बजेतिर उनीहरूको मृत्यु पुष्टि गरेका थिए। प्रहरीले घटनाको थप विवरण संकलन गर्दै छ र पुल निर्माण क्षेत्रमा सुरक्षा व्यवस्था कडा गर्ने निर्देशन दिएको छ।

spot_img

ताजा समाचार

नेक्सस कबड्डी कप २०८३ सम्पन्न

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा सञ्चालन भएको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो...

बाढी प्रभावितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड...

नयाँ प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता...

माइक्रो बसमा अचानक आगलागी

काठमाडौँ । कोहलपुरबाट कैलालीतर्फ गइरहेको ईभी माइक्रो बसमा आइतबार बिहान अचानक आगलागी भएको छ।...