भारत लैजान लागेका तीन नेपाली बालबालिकाको उद्धार

Published on

काठमाडौं । बर्दियामा भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई प्रहरीले उद्धार गरेको छ । मङ्गलबार राति प्रहरीले गुलरिया नगरपालिका वडा नं ७ भन्सार रोडबाट उद्धार गरेको हो । उद्धार गरिएका बालबालिकामा रोल्पा उपरकोटका १५ वर्षीया  बालिका, रोल्पा खाराका १३ वर्षीय बालिका रहेका छन् भने दाङ चौघेरा पुलवारीका ८ वर्षीय बालक रहेका छन् । उनीहरूका परिवार प्रहरीको सम्पर्कमा आइसकेका छन् । नेपाली बालबालिका लैजादै गरेका भारत उत्तर प्रदेश बहराइच जिल्लाका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सोही ठाउँकी ७४ वर्षीय लेडी महत, उनका छोरा ३४ वर्षीय हिरालाल महत, बुहारी २६ वर्षीय ज्ञानकुमारी महतलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी उत्तरप्रदेश अयोध्या गोलाई गाउँकी ३५ वर्षीया सुनिता महत, बहराईचका २४ वर्षीय भुल्लु महत र १९ वर्षीय मुकेश महतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्र कुमार मल्लले बताउनुभयो । उनीहरूको साथमा काखे बालक पनि साथमा रहेका छन् ।

प्रारम्भिक अनुसन्धानमा नियन्त्रणमा लिएका उनीहरू दाङको घोराही बजारमा गमलाको काम गर्दे आएको खुलेको प्रहरीले जनाएको छ । पहिलेदेखि नै भारतीय नागरिकसँग नेपाली बालबालिका बस्दै आएको खुलेको भए पनि भारतमा कुन प्रयोजनका लागि लैजान खोजिएको भन्ने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले बताउनुभयो । उहाँले सम्बन्धित जिल्लामा बालबालिकाको आफन्तहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...