गोटास्थित स्वास्थ्य विज्ञान विश्वविद्यालय छिट्टै सञ्चालन गरिने

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्ने लक्ष्य राखिएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय चाँडै सञ्चालन गर्ने विषयमा आज उच्चस्तरीय छलफल भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले विश्वविद्यालयका पदाधिकारीहरूसँग विश्वविद्यालय सञ्चालनका सन्दर्भमा परामर्श गर्नुभएको हो । छलफलका क्रममा उहाँले यो विश्वविद्यालय सञ्चालनमा आएमा यस क्षेत्रका जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । “प्रदेशका जनतामा स्तरीय स्वास्थ्य सेवा पुर्‍याउन यो विश्वविद्यालयलाई अविलम्ब सञ्चालनमा ल्याउनुपर्छ,” मुख्यमन्त्री शाहले भन्नुभयो ।

मुख्यमन्त्री शाहले विश्वविद्यालय सञ्चालनका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभएको छ । उहाँले यो संस्था प्रत्यक्ष रूपमा जनताको स्वास्थ्य र शिक्षासँग जोडिएकाले यसलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो । छलफलमा विश्वविद्यालयको पूर्वाधार विकास, व्यवस्थापन तथा शैक्षिक कार्यक्रम विस्तारका विविध पक्षबारे विचार विमर्श भएको थियो । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनीलकुमार जोशी, रजिस्ट्रार प्रा. डा. खेमराज जोशी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव बैकुण्ठप्रसाद अर्याल लगायतको सहभागिता रहेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...