शुक्रबार रातिबाट मदिरा निषेध

Published on

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी कास्कीमा शुक्रबारदेखि निर्वाचन परिणाम सार्वजनिक नभएसम्म मदिराजन्य पदार्थको बिक्री, वितरण, ओसारपसार र सेवन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गरी शुक्रबार राति १२ बजेदेखि मदिरामा रोक लगाइएको जनाएको छ । स्वच्छ, निष्पक्ष, मर्यादित, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८; निर्वाचन आयोगको विज्ञप्ति तथा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम यस्तो निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो । “आज (शुक्रबार) राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म कास्की जिल्लाभर मदिराजन्य पदार्थको विक्री वितरण, ओसार–पसार तथा सेवन कार्यमा निषेध गरिएको छ” उहाँले भन्नुभयो । 

प्रशासनले निर्वाचनको अवधिमा सार्वजनिक शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण होटल व्यवसायी, मदिरा व्यवसायी, राजनीतिक दल, उम्मेदवार तथा प्रतिनिधि एवं आम सर्वसाधारणलाई अनुरोध गरेको छ । सूचना कार्यान्वयनका लागि सुरक्षा निकायबाट सूक्ष्म अनुगमन तथा निगरानी हुने र सूचनाको अवज्ञा गरे प्रचलित कानुन बमोजिम हुने कारवाही हुने लम्सालले उल्लेख गर्नुभयो । फागुन २१ गते हुने निर्वाचनमा कास्कीमा तीन लाख आठ हजार पाँचसय ७२ मतदाता कायम भएका छन् । जिल्लामा एकसय ५३ मतदान स्थल र तीन सय ६३ मतदान केन्द्र छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...