राजमार्ग तथा भित्री सडकमा मोटरसाइकल गस्ती गर्दै प्रहरी

Published on

काठमाडौं । निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सल्यानमा नेपाल प्रहरीले मोटरसाइकलबाट गस्ती गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले राजमार्ग तथा भित्री ग्रामीण क्षेत्रहरूमा ‘भेहिकल चेन पेट्रोल’ अभियान सञ्चालन गरेको हो । प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीको कमान्डमा यस अभियानअन्तर्गत शुक्रबार २० वटा मोटरसाइकलमा ४० जना प्रहरी कर्मचारी परिचालन भई सल्यानका विभिन्न स्थानमा संयुक्त रूपमा गस्ती गरिएको थियो । पहिलो दिनमै करिब १२० किलोमिटर क्षेत्र समेटिएको प्रहरीले जनाएको छ । दोस्रो दिन शनिबार गस्तीको सङ्ख्या बढाउँदै जिल्लाका विभिन्न ठाउँमा टोलि बाँडिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब ७० जनाको प्रहरी टोलिले शनिबार कपुरकोट, काभ्रा, सल्ली लगायतको क्षेत्रमा मोटरसाइकल गस्ती गरेको छ । होलि पर्व तथा समग्र शान्ति सुरक्षाको विषयलाई ध्यानमा राखेर मोटरसाइकल, पैदल तथा अन्य सवारिसाधनबाट गस्ती गरिएको सूचना अधिकारी भट्टराईले बताउनुभयो ।

निर्वाचनको समयमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि, मतदाता त्रास सिर्जना गर्ने प्रयास, अवैध चलखेल, तथा शान्ति सुरक्षामा असर पार्ने गतिविधि नियन्त्रण गर्न गस्ती अभियान सञ्चालन गरिएको प्रहरीको भनाइ छ । यस किसिमको गस्तीले मतदातामा सुरक्षा अनुभूति बढाउने, निर्वाचन आचारसंहिता उल्लङ्घन तथा अवैध गतिविधि नियन्त्रण गर्ने, संवेदनशील क्षेत्रको निगरानी सुदृढ गर्ने अपेक्षा गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...