बाजुरामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

Published on

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्नका लागि बाजुरामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्लाका ७७ मतदान स्टल र ११९ मतदान केन्द्रको व्यवस्थापनका लागि सुरक्षा व्यवस्था कडा पारिएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार, परिचालन हुने सुरक्षाकर्मीमा सशस्त्रसहित प्रहरी २००, नेपाल प्रहरी ४७५, सेना ३२५ गरी कुल एक हजार सुरक्षाकर्मी रहेका छन्। साथै, एक हजार ६० निर्वाचन प्रहरी पनि खटाइएको छ। जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो, “आगामी फागुन २१ गतेको निर्वाचन सरल, सहज र व्यवस्थित बनाउन एक हजार सुरक्षाकर्मी र एक हजार निर्वाचन प्रहरी खटाइएको हो।”

उहाँले थप्नुभयो, “जिल्लाको सबैभन्दा टाढा मतदान केन्द्र हिमाली गाउँपालिका–३ गुम्बा हो। आज बिहान त्यस मतदान केन्द्रमा मतदान सामाग्री ढुवानी गरिएको छ।” फागुन १६ र १७ गते जिल्लाका सबै मतदान केन्द्रमा मतदान सामग्री वितरण सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृतलाई बोलाएर, सुरक्षाकर्मीको उपस्थितिमा सामग्री ढुवानी गरेको जनाएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार, जिल्लाका बडीमालिकाः ३,४४६, त्रिवेणीः ३,३५०, बुढीगंगाः ४,२७७, बुढीनन्दः ३,४५२, गौमूलः १,६५०, हिमालीः १,७२२, जगन्नाथः १,६८४, स्वामीकार्तिकः २,२२३, खप्तडछेडेदहः ३,१७४ गरी जम्मा झन्डै २४ हजार ४४३ घरधुरी रहेका छन्। सन् २०७८ को जनगणना अनुसार, बाजुरामा जनसङ्ख्या एक लाख ३८ हजार ९९८ भए पनि अधिकांश कामको सिलसिलामा भारतमा रहेको बताइएको छ।

बाजुरामा यसपटक नेपाली कांग्रेसका जनकराज गिरी, एमालेका लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाह, रास्वपाका हेमराज थापा, राप्रपाका केशरबहादुर शाही, नेकपा (माओवादी केन्द्र)का भूपेन्द्र सी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का दीपक डिसी र स्वतन्त्र उम्मेदवारका उपेन्द्र शाही चुनावी मैदानमा हुनुहुन्छ । बाजुरामा ८७,८६१ मतदाता छन्, जसमा ४५,४२८ पुरुष, ४२,४३१ महिला र अन्य दुई जना मतदाता छन्। मतदानको व्यवस्थाका लागि ७७ वटा मतदानस्थल र ११८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्गत महतले जानकारी दिनुभयो। गोरखापत्र

spot_img

ताजा समाचार

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...

गौरमा युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार, अवस्था गम्भीर

रौतहट । रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले गोली चलाउँदा एक युवक गम्भीर घाइते भएका...

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै, द्विपक्षीय सम्बन्धबारे छलफल हुने

काठमाडौँ - भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन्...

मन्त्रिपरिषद्का छ निर्णय सार्वजनिक, सडक सुधारका लागि एडिबीको ३०५ मिलियन डलर सहायता स्वीकार

काठमाडौँ – सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका छवटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका...