अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मुद्दा : प्रजनन स्वास्थ्य र न्यायमा पहुँचबारे छलफल

Published on

काठमाडौं । अमेरिकाको न्युयोर्कमा १० मार्च २०२६ मा आयोजित कमिसन अन स्टाटस अफ वुमेन (CSW) को ७०औँ सत्र अन्तर्गत नेपालको महिला तथा बालिकाको न्यायमा पहुँच तथा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयमा केन्द्रित छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिला तथा बालिकाका अधिकार संरक्षणका लागि नेपालमा धेरै कानुनी व्यवस्था गरिए पनि ती व्यवस्थालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न अझै आवश्यक रहेको बताउनुभयो ।

उहाँले कार्यान्वयनका क्रममा विशेषगरी अपाङ्गता भएका तथा सीमान्तकृत महिला र बालिकाको अधिकार र पहुँचमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।  बियोन्ड बेइजिङ कमिटीका अध्यक्ष कृष्णा वाइबाको अध्यक्षतामा आयोजित प्यानल छलफल कार्यक्रममा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) का कार्यकारी निर्देशक एवम् अधिवक्ता सविन श्रेष्ठले संस्थाले प्रजनन स्वास्थ्य अधिकार तथा अपाङ्गता भएका महिला र बालिकाको न्यायमा पहुँच बढाउन कानुनी सहायता कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

उहाँले न्यायमा समान पहुँच सुनिश्चित गर्न अपाङ्गता मैत्री र पहुँचयुक्त न्यायिक निर्देशिकाको आवश्यकता रहेको पनि औँल्याउनुभयो ।अधिवक्ता रुतु थापाले आदिवासी महिलाको न्यायमा पहुँचका विषयमा प्रकाश पार्नु भएको थियो पवित्रा सुनारले ‘कल फर एक्सन’ प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राधिका आर्याल, सहसचिव आभा श्रेष्ठ तथा न्युयोर्कस्थित नेपालको संयुक्त राष्ट्रसङ्घीय मिसनका द्वितीय सचिव सुनिता लाकान्द्री लगायतको उपस्थिति  थियो। गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...