चीनमा स्वेच्छिक अङ्गदाता सङ्ख्या ७३ लाख नाघ्यो

Published on

काठमाडौं । चीनमा स्वेच्छिक रूपमा अङ्गदान गर्ने व्यक्तिको सङ्ख्या ७३ लाखभन्दा बढी पुगेको चीनको अङ्गदान प्रशासन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हालसम्म करिब ६५ हजारभन्दा बढी व्यक्तिहरूबाट मृत्यु पश्चात् अङ्गदान भएको छ । यसबाट दुई लाखभन्दा बढी बिरामीहरूको जीवन बचाइएको छ भने एक लाखभन्दा बढी मानिसको दृष्टि पुनःस्थापित गरिएको छ । यसैगरी, चीनमा ६९ हजारभन्दा बढी पूर्ण शरीर दानसमेत सम्पन्न भइसकेको जनाइएको छ । 

अङ्गदाताहरूको सम्मानमा चीनभर ३८० भन्दा बढी स्मारक स्थलहरू स्थापना गरिएका छन् । हरेक वर्ष चिङमिङ पर्वको अवसरमा ती स्थानहरूमा अङ्गदाताहरूको सम्झनामा विशेष कार्यक्रमहरू आयोजना गरिन्छ । चीनले सन् २०१० मा मृत्यु पश्चात् अङ्गदानसम्बन्धी परीक्षण कार्यक्रम सुरु गरेको थियो भने सन् २०१३ देखि यसलाई देशव्यापी रूपमा विस्तार गरिएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...