जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ

Published on

काठमाडौं । जेनजी आन्दोलनको क्रममा राजविराज कारागारबाट फरार भएका एक कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ८ तोपा निवासी २३ वर्षीय आनन्द खंगलाई प्रहरीले पक्राउ गरेको हो । उहाँ जबरजस्ती करणी मुद्दामा सप्तरी कारागार कार्यालय राजविराजमा बन्दी जीवन बिताई रहनुभएको थियो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा राजविराज कारागारबाट फरार हुनुभएका उहाँलाईगोप्य सूचनाको आधारमा आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक अनिल कुमार साहले जानकारी दिनुभयो । पक्राउ परेका खंगलाई कारागार सुरक्षा गार्डमार्फत पुनः कारागार चलान गरिएको उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...