क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

Published on

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई एक खेलको प्रतिबन्ध र शतप्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरेको छ । जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका क्रममा अम्पायरको निर्णयप्रति सामाजिक सञ्जालमार्फत अशोभनीय अभिव्यक्ति दिएको ठहर गर्दै संघले सो कारबाही गरेको हो ।

संघद्वारा आइतबार जारी विज्ञप्तिअनुसार, प्रतियोगिताका खेलहरू सञ्चालन भइरहेको अवस्थामा केसीले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा खेल भावना विपरीत रहेको पाइएको छ । सो अभिव्यक्तिप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित सरोकारवालासँगको समन्वयमा अनुशासनको कारबाही अगाडि बढाएको जानकारी दिएको छ । विज्ञप्तिमा भनिएको छ, “नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायर प्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्ति खेल भावनाअनुरूप नभएको ठहर गरिएको छ । सोही बमोजिम उनलाई प्रधानमन्त्री कपको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरिएको छ ।”

यस कारबाहीसँगै केसीले जारी प्रतियोगिताको आगामी एक खेल खेल्न पाउने छैनन् भने उक्त खेलबापत प्राप्त हुने पारिश्रमिक गुमाउने छन् । खेलको मर्यादा र अनुशासन कायम राख्नका लागि यस्तो कदम चालिएको संघका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...