ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

Published on

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी बढेका छन्। गत वर्ष मात्र १४ जना क्यान्सरका बिरामी भेटिएका छन् भने २०७९ देखि २०८१ सम्म सात जनाको क्यान्सरका कारण मृत्यु भएको छ।

स्वास्थ्य परीक्षणमा मधुमेह, सिओपिडी र अधिक तौलका बिरामी पनि भेटिएका छन्। स्वास्थ्यकर्मीका अनुसार नियमित स्वास्थ्य परीक्षण, स्वस्थ खानपान, व्यायाम तथा सुर्ती–मदिरा सेवन नियन्त्रणले यस्ता रोगको जोखिम घटाउन सकिन्छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार नेपालमा प्रत्येक वर्ष करिब २६ हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन् र करिब १९ हजार जनाको क्यान्सरकै कारण मृत्यु हुने अनुमान छ। अध्ययनले समयमै पहिचान, जनचेतना अभिवृद्धि, उपचार सेवा विस्तार र रोकथामका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...

देशभर वर्षा, केही स्थानमा भारी वर्षाको चेतावनी

देशभर मनसुन वायुको प्रभाव कायम रहँदा शुक्रबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ...